भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्वास्थ्य संस्थामा हुने अप्रत्यासित घटना व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली गठन

स्वास्थ्य संस्थामा हुने अप्रत्यासित घटना व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली गठन

चितवन । स्वास्थ्य संस्थामा हुने अप्रत्यासित घटना तत्काल व्यवस्थापन गर्न द्रुत प्रतिकार्य टोली (क्विक रेस्पोन्स टिम) गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको संयोजकत्वमा ११ सदस्यीय टोली गठन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सरोकारवालाहरुसँग छलफल गरी टोली गठन गरिएको हो । टोलीमा प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडा, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल छन् ।

यसैगरी अनुसन्धान अधिकृत अजय शर्मा, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका प्राडा. सुदीपराज केसी, चितवन मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटा, नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा. लोकबहादुर सेढाइ र निजी अस्पताल समन्वय समिति चितवनका सचिव बिक्रम अधिकारी रहेका छन् । सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द वंश न्यौपाने छन् ।

 


Thali Mobile Pvt.Ltd.