भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

बिजगौरी गाउँमा स्यालको आतङ्क

बिजगौरी गाउँमा स्यालको आतङ्क

चन्द्रौटा, । कपिलवस्तुको शिवराज नगरपालिका–९ मा पर्ने बिजगौरी गाउँमा गएराति स्यालले टोकेर तीन जना घाइते भएका छन् । राति करिब १० बजे गाउँ छिरेको स्यालले स्थानीयवासी विष्णु घर्तीको घरभित्र पसेर उनको खुट्टामा टोकेको थियो । गाउँलेहरूले लखेटेपछि सुकुम्वा पुनको घरमा पसी पुन र उनको श्रीमती इर्खालाई टोकेको स्थानीयवासी लक्ष्मी पुनले बताए ।

सुकुम्बाको अनुहारमा झम्टिएको इर्खाको हातमा टोकेको बताइएको छ । बौलाहा स्याल हुनसक्ने आशंकामा घाइते तीनै जनाको बुटवलमा उपचार गराइएकोे वडाध्य चुरबहादुर खड्काले बताए । शरीरका केही भागमा चोट लागेकाले एम्बुलेन्समार्फत घाइतेको उपचारको लागि बुटवल लगिएको थियोे । स्यालले स्थानीवासीको बङ्गुर र बाख्रालाई पनि टोकेकाले उक्त स्याललाई राति नै मारिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.