कञ्चनपुर । कोरोना संक्रमणको डरले नेपाल फर्केका नागरिक नेपालमा भोकको चिन्ताले फेरी महामरीको प्रवाह नगरी उतै फर्किएका छन् ।हामी भोक सहन नसकेर मरे उतै मरौंला भन्दै स्वदेश फर्केका युवा पुनः भारत फर्किने क्रम बढिरहेको छ ।
तर राज्य भने बेखबर बनिरहेको छ । कोरोनाको नाममा अर्ब रकम खर्च भएको विल पेश गर्ने सरकारका सबै तहका प्रतिनिधि किन उनीहरु प्रति यति उदासिन बनेका हुन ? नागरिकको तर्क छ । स्वेदशमै रोजगारीको अवसर नहुँदा सुदूरपश्चिमका युवा कैलालीको गौरीफन्टा र कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी नाका हुँदै भारत जानेको लर्को दिन दिनै देख्न सकिन्छ ।
स्थानीय युवा रोगले भन्दा भोकले पिरोल्न थालेको भन्दै भारत जान थालेका हुन् । लकडाउनमा नेपाल आएका डडेलधुराका दिवेश डैनी परिवार चलाउन समस्या भएपछि फेरि भारत लागेका छन् । गड्डाचौकी नाका हुँदै भारत जान लागेका उनले भने, ‘कोरोना भाइरसको महामारी फैलिएपछि स्वदेश फर्केको थिएँ, जीविकोपार्जनको कुनै उपाय नभएपछि रोजगारीका लागि गुजरात जाँदैछु ।’
यो प्रतिनिधि भनाई धेरै युवाको छ । विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन भए पनि ठाउँ–ठाउँमा सुरक्षाकर्मीलाई अनुरोध गर्दै, महँगो भाडा तिरेरै भए पनि युवाहरू नाकासम्म पुगिरहेका छन् । एक सातायता भारत जानेको लर्को बढेको गड्डाचौकी नाका सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक रामबहादुर बमले बताए।
बाँके, बर्दिया र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र पहाडी जिल्लाबाट कामको खोजीमा दिनहुँ ६०र७० जना भारत पसिरहेका छन् । उनले भने, ‘गड्डाचौकी नाका भएर दैनिक ६०र७० को संख्यामा युवा भारत जान थालेका छन् । तर सरकार भने मुकदर्शक भएर बसेको स्थानीयको आरोप छ ।
