भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

पानी छोएको भन्दै दलित बालिकालाई निर्घात कुटपिट, प्रहरीले उजुरी लिन मानेन

पानी छोएको भन्दै दलित बालिकालाई निर्घात कुटपिट, प्रहरीले उजुरी लिन मानेन

मोरङ । उर्लाबारी–४ थापाडाँगीकी दलित १२ वर्षीया बालिका फुलसरी मंग्रान्तीलाई पानी छोएको भन्दै निर्घात कुटपिट गरिएको छ । कुटपिटबाट बालिका घाइते भएकी छिन् ।

पीडित बालिकाले उजुरी दिदा प्रहरीले उजुरी लिन मानेको छैन । फुलसरीलाई नन्दलाल श्रेष्ठ, उनकी पत्नी निर्मला र छोरा अम्बिरले कुटपिट गरेको आफन्त दुर्गाकुमारी रोकाले बताइन् । आमाबुबा बेपत्ता भएकी फुलसरीलाई दुर्गाले नै आश्रय दिइरहेकी छिन् । श्रेष्ठले दलित बालिकाले पानी भन्दै सोमबार निर्घात कुटपिट गरेका थिए ।

कुटपिटबाट बालिकाको शरीरभरि नीलडाम छ । जातीय विभेद गरेर कुटपिट गरेको भन्दै दुर्गाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएकी छिन् । तर, प्रहरीले उजुरी दर्ता गरेको छैन । इलाका प्रहरी कार्यालयका इन्चार्ज इन्स्पेक्टर सुभाष राईले भने, ‘मैले एसपीसाबलाई रिपोर्टिङ गरेँ । माथिबाटै घटनास्थलमा गएर बुझेर मात्र जाहेरी दर्ता गर्न निर्देशन छ ।’

 


Thali Mobile Pvt.Ltd.