भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बेलिङ्जहाउजन सागरमा बरफ टुक्रँदा हजारौँ पेन्गुइन मरे

बेलिङ्जहाउजन सागरमा बरफ टुक्रँदा हजारौँ पेन्गुइन मरे

एजेन्सी । बेलिङ्जहाउजन सागरमा बरफ टुक्रँदा हजारौँ पेन्गुइन मरेका छन् । एन्टार्कटिक क्षेत्रको पश्चिमतर्फ रहेको सागरमा एम्परर प्रजातिका पेन्गुइनका बचेराहरु रहेको बरफ टुक्रिएको हो । एन्टार्कटिक अर्थात दक्षिणी गोलार्द्धमा मार्च महिनाको आसपास जाडो नजिकिँदै गर्दा वयस्क चराहरू समुद्री बरफमा हाम फाल्छन् ।

उनीहरू त्यहाँ जोडी बन्ने, संसर्ग गर्ने र अण्डा पार्ने काम गर्छन् । ती अण्डाहरू कोरलेपछि बचेराहरू स्वयम्मा भर पर्न सक्ने नभएसम्म आउँदा महिनासम्म तिनको हेरचाह गर्छन् । त्यो सामान्यतः नयाँ चराहरू समुद्रमा आइपुग्ने समय डिसेम्बर र जनवरी महिनाको आसपास हुन्छ । ती बचेराहरुमा समुद्रमा पौडी खेल्नका लागि आवश्यक पानीमा नभिज्ने प्वाँखहरू विकास हुनुअघि नै मुनिको समुद्री बरफ पग्लिएपछि दुर्घटना भएको हो । बरफ टुक्रने घटना सामान्य भए पनि चाँडो भएकोले बचेराहरु मरेका हुन् ।

तर अनुसन्धान टोलीले देखे अनुसार नोभेम्बरमा एम्पररका बथान मुनिको समुद्री बरफ टुक्रिएको थियो । त्यो हजारौँ चल्लाहरूले पौडी खेल्नको लागि आवश्यक चिल्लो प्वाँखहरू विकास गर्न समय पाउनुअघिको बेला थियो । त्यसैले चारवटा बथानका सबै बचेराहरु आवश्यक रौँ तयार हुनु अघि नै समुद्रमा डुबेर मरे ।

एन्टार्कटिकको ग्रीष्मकालीन समुद्री बरफ सन् २०१६ पछि धेरै घटेको छ । एन्टार्कटिक महादेशको मौसमी बरफ सागरले पृथ्वीमा दिनदिनै बढिरहेको तापमानको मार खेपिरहेको छ । अनुसन्धानकर्ताले मरेर समुद्रमा तैरिएका बचेराको सङ्ख्या १० हजार भन्दा धेरै रहेको बताएका छन् ।

ब्रिटिश एन्टार्कटिक सर्भे (बीएएस)का डा पिटर फ्रेटवेल त्यहाँ भएको विनाश भविष्यमा हुनसक्ने घटनाको संकेत भएकाले एमपरर पेन्गुइनको ९० प्रतिशत भन्दा धेरै बथान यही शताब्दीको अन्त्यसम्ममा लोप हुने प्रक्षेपण गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.