भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

ब्राजिलकामा पूर्वन्यायमन्त्री पक्राउ, जानीजानी आक्रमण रोक्न नचाहेको आरोप

ब्राजिलकामा पूर्वन्यायमन्त्री पक्राउ, जानीजानी आक्रमण रोक्न नचाहेको आरोप

एजेन्सी । हिंसा भड्काएको आरोपमा ब्राजिलकामा पूर्वन्यायमन्त्री एन्डरसन टोरेसलाई पक्राउ गरिएको छ । टोरेसलाई अमेरिकाबाट ब्राजिल फर्के लगत्तै निवासबाट पक्राउ गरिएको सञ्चार माध्यमले जनाएका छन् । ब्राजिलमा दंगा सुरु हुनुअघि नै देश छोडेका टोरेस पूर्वराष्ट्रपति जायर बोल्सोनारोका निकट सहयोगी मानिन्छन् ।

टोरेसमाथि आक्रमणको जानकारी हुँदाहुँदै पनि जानीजानी आक्रमण रोक्न नचाहेको आरोप लगाइएको छ । ब्राजिलमा गत साता संसद परिसर र राष्ट्रपति निवास र सर्वोच्च अदालतमा आक्रमण भएको थियो । टोरेसको घरमा गत अक्टोबरमा भएको राष्ट्रपतीय निर्वाचनको परिणाम उल्ट्याउने आदेशको मस्यौदा फेला परेको जनायएको छ । टोरेसले ट्वीट गर्दै आफू सधै कानूनी आधार र नैतिकताका साथ काम गरेको भन्दै सत्यको जित हुने दाबी गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.