भक्तपुरमा बङ्गुर र हाँसको उद्धार

भक्तपुरमा बङ्गुर र हाँसको उद्धार

काठमाण्डौ । भक्तपुरबाट ५ सय ९० वटा बङ्गुर र २ हजार ३ सय वटा हाँसको उद्धार गरिएको छ । सोमबार अविरल वर्षाका कारण आउको बाढीले गर्दा खाल आसपासका ठाउँहरुबाट बङ्गुर र हाँस लगायतका जनावरहरुको उद्धार गरिएको हो । वर्षाका कारण खोला आसपास र होचा ठाउँका बस्ती डुबानमा परेका छन् ।

काठमाण्डौमा ३ सय ८५, भक्तपुरमा १२ र ललितपुरमा चार वटा घर डुबानमा परेको प्रहरीले जनाएको छ । काठमाण्डौको मूलपानी, मनोहरा बस्ती, कालीमाटी र बल्खु तरकारी बजार, बालाजुको नेपालटार, शङ्खमूल पार्क, कुलेश्वर हाउजिङ, कोटेश्वरको नरेफाँट, रामकोट, बाफल, सीतापाइला लगायतका बस्ती डुबानमा परेको उल्लेख गरिउको छ ।

वाग्मती, विष्णुमती लगायतका नदी खोला आसपासका धेरै सुकुम्बासी बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । अहिले पानी पर्न कम भएपछि नदी, खोलामा पानीको सतह घट्दैछ । उपत्यकामा परेको ठूलो पानीका कारण चार सय घर डुबानमा परेको र तीन सय जनाको उद्धार गरिएको प्रहरीले जानकाएको छ । काठमाण्डौबाट २ सय ३२, भक्तपुरबाट ५४ र ललितपुरबाट १५ जनाको उद्धार गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.