भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

भक्तपुरमा राँगो दौडाउने जात्रा मनाइँदै (खःमेय् जात्रा)

भक्तपुरमा राँगो दौडाउने जात्रा मनाइँदै (खःमेय् जात्रा)

भक्तपुर । परम्परागत सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा मनाइँदै छ । यो जात्रा प्रत्येक वर्ष बडादसैँको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ ।

कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम पूर्णरुपमा नहटेकाले दिउँसो ३ बजे नै सीमित स्थानीयवासीद्वारा जात्रा मनाउन स्थानीय सरकारले निर्देशन दिएको छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपले महत्वपूर्ण मानिने खःमेय लाई महिषासुर दैत्यको प्रतीकका रुपमा लिइ यो जात्रा मनाउन थालिएको हो ।

यो जात्रालाई मोहनी नखाःको एक महत्वपूर्ण जात्राका रुपमा लिने गरिन्छ । महानवमीका दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा परिणत हुने हुँदा त्यसअवसरमा महिषासुरको बध गर्ने धार्मिक मान्यताअनुसार खःमेय्को बलिसहितको तान्त्रिक पूजा गरेर जात्रा मनाउने गरिएको संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.