भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भक्तपुर नगरपालिकाको नगर कार्यपालिकामा पाँच जना निर्विरोध निर्वाचित

भक्तपुर नगरपालिकाको नगर कार्यपालिकामा पाँच जना निर्विरोध निर्वाचित

भक्तपुर । भक्तपुर नगरपालिकाको नगर कार्यपालिकामा निर्विरोध निर्वाचित पाँच जना सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । निर्वाचित पाँचै जनालाई मंगलबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सपथ गराएका हुन । नेपालको संविधानको धारा २१६ को उपधारा ४ बमोजिम भक्तपुर नगरपालिकामा निर्वाचित महिला सदस्यहरुमध्येबाट पाँच जना कार्यपालिका सदस्य निर्वाचित गर्ने व्यवस्थाअनुसार वडा नं. ३ का सुनिता अवाल (प्रजापति), वडा नं. ५ का कृष्णप्यारी भुजू, वडा नं. ६ का रोशनमैंया सुवाल, भनपा वडा नं. ७ का रञ्जना त्वाती, वडा नं. ९ का छोरीमैंया सुजखु प्रजापतिको निर्विरोध निर्वाचित भएका हुन ।

नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै शपथ ग्रहण कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यपालिकाले पूर्णता पाएसँगै छिटै कार्यविभाजन गरी हरेक क्षेत्रमा विशेष ढंगले काम गर्ने जानकारी दिए । भक्तपुर नपाले सस्तो लोकप्रियताको लागि नभई भक्तपुर नगर र नगरबासीहरुको सन्तुलित विकास र आर्थिक जीवनस्तर उकास्ने ढंगले काम गर्दै आइरहेको बताउदै प्रमुख प्रजापतिले जनतासँग एकाकार भई काम गर्न सकेत जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न सफल हुनेमा विश्वास व्यक्त गरे ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले निर्वाचनको समयमा जनतामाझ गरेको प्रतिबद्धता एक–एक गरी पूरा गर्दै जाने बताउदै आगामी कार्यकाल अझ सफल र उपलब्धीमूलक हुने ढंगले काम अगाडि बढाउने बताइन । नवनिर्वाचित भक्तपुर नगरपालिकाका नगर कार्यपालिकाका सदस्यहरुलाई वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

 


Thali Mobile Pvt.Ltd.