भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

भक्तपुरमा नेमकिपाका उम्मेदवार भारी मतका साथ विजयी

भक्तपुरमा नेमकिपाका उम्मेदवार भारी मतका साथ विजयी

भक्तपुर । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका सम्पूर्ण उम्मेदवारहरु नै विजयी भएका छन् । नगर प्रमुखका उम्मेदवार सुनिल प्रजापति कूल २९ हजार २ सय मत ल्याएर निर्वाचित भएका हुन् ।

निर्वाचित प्रजापतिका निकटतम प्रतिस्पर्धी रामप्रसाद कासुलालाई २५ हजार मतान्तरले जितेका हुन् । कांग्रेसका रामप्रसाद कसुलाले ३ हजार ३ सय ५२ मत पाएका छन् । तेश्रो स्थानमा रहेका एमालेका रवीन्द्र लाछिमस्युले २ हजार ६ सय ६७ मत पाएका छन् ।

त्यसैगरी उप–प्रमुखमा नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार रजनी जोशी दोस्रो कार्यकालका लागि फेरी पनि निर्वाचित भएकी छिन् । जोशीले २९ हजार ६९५ मत प्राप्त गरिन । उपप्रमुखमा एमालेकी रञ्जना खर्बुजाले २ हजार ७ सय २४ मत र एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७४२ मत ल्याए । भक्तपुर नगरपालिकाका सबै वडाहरूमा समेत नेमकिपाकाे प्यानल नै भारी मतका साथ विजयी भएकाे हाे ।

 


Thali Mobile Pvt.Ltd.