भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा ः मन्त्री बडू

सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा ः मन्त्री बडू

महेन्द्रनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्रको निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चादँनी सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्रको निर्माणलाई अघि बढाउन पहल गरिरहेको बताउनुभयो ।

“लामो समयदेखि प्रस्ताव र शिलान्यास गरिए पनि बजेटको व्यवस्थापन अहिलेसम्म रहेनछ”, उहाँले भन्नुभयो,“आगामी आर्थिक वर्षको बजेटमार्फत यी दुई आयोजनालाई समेटिनेछ ।” दोधारा चादँनीको सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्रको मन्त्री बडूसँगै पूर्वमन्त्री रमेश लेखक, नारायाणप्रकाश साउद, उद्योग सचिव गणेशप्रसाद पाण्डेयले स्थलगत अनुगमनसमेत गर्नुभयो ।

मन्त्री बडूले सुख्खाबन्दरगाह निर्माण भारतको समेत प्राथमिकतामा रहेको बताउनुभयो । “ यो नेपाल–भारत र चीनको त्रिदेशीय व्यापारिक महत्वसित जोडिएको योजना पनि हो”, मन्त्री बडूले भन्नुभयो,“यो योजना सम्पन्न भए औद्योगिक क्षेत्रमा मुलुकले फड्को मार्नेछ ।”त्यसैगरी दैजी औद्योगिक क्षेत्रको निर्माण भइसकेपछि २२ हजार नागरिकले रोजगारी पाउने उहाँले बताउनुभयो ।

“औद्योगिक क्षेत्रको निर्माणलाई कसरी सम्पन्न गर्ने भन्ने बारेमा मन्त्रालय चाँडै टुङ्गोमा पुग्नेछ ”, उहाँले भन्नुभयो, “औद्योगिक क्षेत्रको निर्माण अब दु्रतगतिमा अगाडि बढ्छ”, कार्यक्रममा बोल्दै उद्योग मन्त्रालयका सहसचिव नारायण रेग्मीले सुख्खाबन्दरगाहको निर्माणका लागि पहिलो चरणमा रु सात अर्ब लाग्ने अनुमान गरिएको बताउनुभयो ।“वातावरणीय प्रभाव मूल्याङ्कन र जग्गा भोगाधिकारको विषय टुङ्गो लाग्ने चरणमा छ”, उहाँले भन्नुभयो, “ प्रक्रियामा रहेका विषय र नयाँ बजेटमा सुख्खाबन्दरगाहलाई सम्बोधन हुने विषय एकसाथ टुङ्गोमा पुग्नसक्छ ।”

 


Thali Mobile Pvt.Ltd.