भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

तेह्र मतदान केन्द्रमा आज मतदान

तेह्र मतदान केन्द्रमा आज मतदान

काठमाडौँ, । गत वैशाख ३० गते स्थगन भएकामध्ये विभिन्न स्थानीय तहका मतदानस्थलअन्तर्गत १३ वटा मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । निर्वाचन आयोगकाअनुसार आज सप्तरीको रुपनी गाउँपालिकाको जनता मावि, हरिहरा मतदानस्थलका दुई मतदान केन्द्र, रामेछापको खाँडादेवी नगरपालिकाको राकमथुमको तीन केन्द्र, बझाडको केदारस्युँ गाउँपालिकाको जगन्नाथ माविका दुई केन्द्र, बझाडको सुर्मा गाउँपालिकाको कृष्ण प्राविको एक केन्द्र र सोही पालिकाको आधाबगर माविको दुई केन्द्रमा मतदान भएको हो ।

राजनीतिक दल र उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ । आयोगका अनुसार जेठ ३ गते निर्वाचन हुने मतदानस्थलमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरको श्रीराम मावि मतदानस्थलका दुई मतदान केन्द्र, अछामको पञ्चदेवल विनायक नगरको नवज्योति माविका दुई मतदान केन्द्र, धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविस्थित तीन मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरस्थित विजय माविको एक मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिकाको पिस क्रियटिभ एकेडेमीस्थित एक मतदान केन्द्र रहेको छ । जेठ ४ गतेका लागि तनहुँको व्यास नगरको गाविस भवन मतदानस्थलका दुई केन्द्रमा निर्वाचन तोकिएको छ ।

वैशाख ३० गते स्थगन भएकामध्ये जेठ १ गते सात मतदान केन्द्रमा निर्वाचन भएको थियो । उक्त दिन जुम्लाको गुठीचौर गाउँपालिका–३ को शङ्कर मावि, गज्र्याङ्कोटको एक मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नपा–२ को जनता मावि, हरिहरा मतदानस्थलका दुई मतदान केन्द्र, कालीकोटको रास्कोट गाउँपालिका–४ को रमालमष्टो मावि, स्युनाको एक मतदान केन्द्र, कालीकोटकै पचालझरना गाउँपालिका–३ को जनता मावि, खार्दुपको एक मतदान केन्द्र, बझाङको जयपृथ्वी नपा–७ सुनीवडास्थित सुनीपिपलचौर माविको दुई मतदान केन्द्रमा निर्वाचन भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.