भारतकाे लाहुलमा मजदुरी गर्ने नेपाली सुरक्षित

भारतकाे लाहुलमा मजदुरी गर्ने नेपाली सुरक्षित image

२७ जेठ २०७७ भारत, भगेन्द्र रेग्मी । हिमाचल प्रदेशकाे सुन्दर जिल्ला लाहुलमा काम गर्ने नेपालीहरू काेराेना भाइरसबाट सुरक्षित रहेका छन् । करिव १० हजारकाे हाराहारीमा मजदुरी गरेर बसेका नेपाली अहिले पनि दिनहु कामकाजमा व्यस्त छन् ।

लाहुलकाे गोन्दलामा पाँच, छ वर्ष देखि  मजदुरी गर्दै आएका जुम्लाका राजेश बुढाले नेपालमा काम नपाइने भएकाले प्रवासमा मजदुरी गर्नु पर्ने बाध्यता रहेकाे बताए । प्रवास भएपनि दाजुभाइ जस्तै सम्वन्ध गाँसेर गाउँलेहरूसंग मिलेर बस्दा रमाइलै लागेकाे बताए ।

त्यस्तै मजदुरी गरेरै जीन्दगी धानेका जुम्लाकै परे बोहोरा पनि लाहुलमा काम गर्न पाएकाेमा खुसी छन् । संघ, प्रदेश र स्थानीय सरकार त बने तर जनताका लागि सरकार बनेन् भन्ने उनकाे गुनासाे छ । सरकारले राेजगारीका अवसर बनाएकाे भए साहेद यसरी मजदुरी गरेर बस्नु पर्ने अवस्था नहुने थियाे भन्छन् उनी ।

विभिन्न जिल्लाबाट यहाँ ज्याला मजदुरी गर्ने हजार भन्दा बढी नेपाली पहाडका चट्टान फुटाएर जीवन चलाइरहेका छन् । भारतमा मजदुरी गर्न बाध्यता भएकाे र नेपालमा काम पनि नपाइने, विकासमा आएकाे बवेट पनि जनप्रतिनिधिलाइ नै नपुग्ने भएकाले विसुद्व आफ्नै कमाइमा जीवन यापन गर्नका लागि भारत आएकाे दैलेख जिल्ला ठाटिकाध गाउँपालिका वडा न ३ का भगेन्द्र र धन्कुमारीले बताए । यीनीहरूले करीव छ वर्ष देखि मजदुरी गर्दै, बालबच्चा पढाउदै आएका छन् ।

हिन्दीमा अध्यन गरेपनि भाेली नेपालमा गएर जनताकाे सेवामा काम गर्न लगाउने उनीहरूकाे भनाइ छ । दैलेख, जुम्ल्ला, हुम्ला, मुगु, कालिकाेट, जाजरकाेटलगायत मध्य तथा सुदुरपश्चिमका मानिस प्राय हिमाचल प्रदेशमा मजनुदरी गर्ने गरेका छन् ।

यहाँ करिब १५ जना पीडब्लुडी र खेती किसानकाे काम गर्दै आएका छ्न् । मटर, टमाटर, काउलीकाे सिजनमा मनग्य अाम्दानी हुने गरेकाे कालिकाेटका राजेशकाे भनाइ छ । अहिले विश्व कोरोना भाइरसकाे महामारीकाे चपेटामा परेका बेला नेपाल झन भयावहकाे स्थितिमा जानलागेका बेला सरकार झन् सचेत र गम्भिर बन्नु पर्ने जुम्लापातरासि गाउँपालिका वडा १ पेरेका राजेश,  राजु, रारा छायानाथ नपा सोभा गाउँका हेम राजकाे सूझाव छ ।

lahulPublic Work Dipartment मा काम गरिरहेका नेपाली त काेराेनाबाट बच्न व्यक्तिगत सुरक्षा अपनाउन पनि सुझाव दिन्छन् । भयावहकाे अवस्था आउन नदिन स्थानीय सरकार गम्भिर बन्नु पर्ने सुझाब उनीहरू दिन्छन् । अहिले नेपाल जान नचाहेकाे भन्दै उनीहरूले भारतबाट गएका दाजुभाइ बढी संक्रमित भएर गएकाले सबै सुरक्षित भएर बस्नु एक मात्र विकल्प भएकाे उनीहरूकाे बुझाइ छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • वित्त नीतिभन्दा फरक मौद्रिक नीति नआउने अर्थमन्त्रीको दाबी image

    वित्त नीतिभन्दा फरक मौद्रिक नीति नआउने अर्थमन्त्रीको दाबी

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटसँग तालमेल हुने गरी मौद्रिक नीति आउने बताएका छन् ।आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन योजनाबारे छलफल गर्न शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो...

  • बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी, ५० करोडभन्दा बढीको क्षति image

    बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी, ५० करोडभन्दा बढीको क्षति

    काठमाडौं । बुटवल उपमहानगरपालिका–८ मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। कम्प्लेक्सका सञ्चालक घनश्याम पाठकका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलन...

  • बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभावv image

    बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभावv

    काठमाडौं । बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ । अत्यधिक गर्मीका कारण रक्तदान हुनेक्रम घटेपछि रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले...

  • देशको अन्तर्राष्ट्रिय व्यापार ३ वर्षयताकै कम image

    देशको अन्तर्राष्ट्रिय व्यापार ३ वर्षयताकै कम

    काठमाडौं । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षमा तीन वर्षयताकै कम अन्तर्राष्ट्रिय व्यापार भएको छ । आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार...


hotelghyampedanda