भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

भारतको माल्पामा पहिरो, महाकाली नदी थुनिएको आशंका

भारतको माल्पामा पहिरो, महाकाली नदी थुनिएको आशंका

दार्चुला । भारतले निर्माण गरिरहेको सडकका कारण माल्पा क्षेत्रमा पुनः पहिरो गएको छ । कैलाश मानसरोवर मार्गमा पर्ने उक्त क्षेत्रमा आज पहिरो गएको हो । पहिरोका कारण महाकाली नदी थुनिएको आशंका गरिएको छ । पहिरो गएको क्षेत्रमा अहिले भारतीय प्रशासनले ढुङ्गा माटो हटाउने कार्य गरिरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । “पहिरो पन्छ्याउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “धेरै खतराको अवस्था छैन । हिउँदेयाम भएको र अहिले वर्षा र हिमपात नभएको कारण खतरा छैन ।”

पहिरोको अवस्था बुझ्न प्रहरीचौकी दुम्लीङबाट टोली खटिएको दार्चुलाका निमित्त प्रहरी प्रमुख भास्कर चन्दले बताउनुभयो । यहाँबाट प्रहरी टोली पुग्न पाँच÷छ घण्टा बढी समय लाग्छ तर जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी नगर्दै कञ्चनपुर जिल्ला प्रशासनले सीमा क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । नदी थुनिएको र छेउछाउका बस्तीमा खतरा हुनसक्ने भन्दै सावधानी अपनाउन कञ्चनपुर प्रशासनले सम्बन्धीत सबैमा आग्रह गरेको हो । रासस

 


Thali Mobile Pvt.Ltd.