भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

गाँजासहित अटो चालक पक्राउ

गाँजासहित अटो चालक पक्राउ

बाग्मती । अटोमा गाँजा बोक्ने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको हेटौँडा–१९ नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट प्रहरीले ११ किलोग्राम लागूऔषध गाँजासहित चालकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका–२ का ४१ वर्षीय चन्द्रबहादुर दमाइ रहेका छन् । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उहाँलाई हेटौंडा उपमहानगरपालीका–१९ नेवारपानीस्थित सडकखण्डबाट मङ्गलबार पक्राउ गरेको हो ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना२ह ४१०१ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटो चालक समेत रहेका उहा पक्राउ परेका हुन् । प्रहरीले चालक बस्ने सिटमुनी लुकाएर ल्याउँदै गरेको अवस्थामा ११ किलोग्राम गाँजा, रु ६७ हजार र भारतीय रुपैयाँ दुई हजार ५ सय पनि बरामद गरेको प्रहरीले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.