भारत । भारतमा लोकसभा चुनावको प्रारम्भिक मतपरिणाममा सत्तारूढ भारतीय जनता पार्टी नेतृत्वको एनडीएले अग्रता लिएको छ । केहीबेर अघिको विवरणअनुसार एनडीएले दुई सय ९२ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै कंग्रेस नेतृत्वको ईन्डिया गठबन्धन दुई सय ३७ सिटमा अगाडि छ । कंग्रेससहितका केही दल मिलेर इन्डिया गठबन्धन बनाएका थिए । अन्य दल १४ सिटमा अगाडि रहेका भारतीय निर्वाचन आयोगलाई उद्धृत गरी इन्डिया टिभीले जनाएको छ ।
५ सय ४२ लोकसभा सिटको मतगणना अहिले भइरहेको हो । भारतीय निर्वाचन आयोगकाअनुसार ५ सय ४३ लोकसभा सिटमध्ये गुजरातको सूरत लोकसभा सिटबाट भाजपाका मुकेश दलाल यसअघि नै निर्वाचित भइसकेका थिए । त्यहाँ कंग्रेस उम्मेदवारको उम्मेदवारी रद्द भएपछि बाँकी स्वतन्त्र उम्मेदवारले पनि आफ्नो नाम फिर्ता लिएका थिए । सम्पूर्ण नतिजा आएसँगै अर्को सरकार कुन दल वा गठबन्धनले बनाउने भन्ने टुङ्गो पनि लाग्नेछ ।
पाँच सय ४३ सदस्यीय लोकसभामा बहुमत पुर्याउन दुई सय ७२ सिट चाहिन्छ । गएको अप्रिल १९ तारिखदेखि शुरु भएको मतदान सात चरणमा गरी गएको शनिवार सकिएको थियो । लगत्तै सार्वजनिक भएको एक्जिट पोलअनुसार भाजपाले लगातार तेस्रो पटक सरकार बनाउने प्रारम्भिक अनुमान गरिएको थियो । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । इजरायल र इरानबीचको द्वन्द्व थप चर्किएको छ। इजरायलले इरानका आणविक र सैन्य ठाँउहरूमा आक्रमण गरेपछि इरानले ड्रोन र क्षेप्यास्त्रद्वारा कडा प्रतिक्रिया दिएको छ। इजरायली आक्रमणमा इरानको गुप्तचर...
काठमाडौँ, १ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार एक भिडियो सन्देशमार्फत अमेरिकी जनतालाई सम्बोधन गर्दै इजरायलको हालको कारबाहीलाई समर्थन गर्न अपिल गरेका छन्। भिडियोको सुरुआतमा उनले पूर्व राष्ट्रपति...
मस्को, ३१ जेठ । रुसले युद्धमा मारिएका १,२०० जना युक्रेनी सैनिकहरूको शव कीएभलाई फिर्ता गरेको छ। यो तीन वर्षभन्दा बढी समयदेखि जारी युद्धपछिको सबैभन्दा ठूलो शव फिर्ता प्रक्रिया मध्ये...
एजेन्सी, ३० जेठ । इजरायलले गरेको आक्रमणमा इरानको रेभोल्युसनरी गार्डका प्रमुख हुसैन सलामीको मृत्यु भएको इरानी अधिकारीहरूले पुष्टि गरेका छन्। केही दिनयता जारी तनावपछि इजरायलले इरानमाथि आक्रमण सुरु गरेको...