भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

दिल्लीका सातै सिटमा भाजपा अगाडि

दिल्लीका सातै सिटमा भाजपा अगाडि

काठमाडौं । भारतको लोकसभा निर्वाचनको सुरुआती मतगणनामा दिल्लीका सातै सिटमा भारतीय जनता पार्टी (भाजपा)का उम्मेद्वार अगाडि छन् ।

भारतीय निर्वाचन आयोगका अनुसार, चाँदनी चोकमा भाजपाका प्रवीण खंडेलवालले कांग्रेसका जयप्रकाश अग्रवाललाई पछि पारेका छन् । उक्त सिटमा खंडेलवालले तीन हजार ८९५ मतान्तरले अग्रता लिएका छन् ।

पूर्वी दिल्लीमा भाजपाका हरीश मल्होत्रा १२ हजार २६३ मतान्तरले अगाडि छन् । उक्त सिटमा उनले आम आदमी पार्टीका उम्मेद्वार कुलदीप कुमार मल्होत्रासँग प्रतिस्पर्धा गरेका छन् ।

नयाँ दिल्लीमा भाजपाका बांसुरी स्वराज आम आदमी पार्टीका सोमनाथ भारतीभन्दा अगाडि छन् । स्वराजले १८ हजार ४८० मतान्तरले अग्रता लिएका छन् ।

उत्तरपूर्वी दिल्लीमा भाजपाका मनोज तिवारीले कांग्रेसका उम्मेद्वार कन्हैया कुमारलाई पछि पारेका छन् । तिवारीले हाल ४१ हजार ५७९ मतान्तरले अग्रता बनाएका छन् ।

उत्तर–पश्चिम दिल्लीमा भाजपाका योगेन्द्र चंदोलिया ६५ हजार ३४४ मतान्तरले अगाडि छन् । यहाँ कांग्रेसका तर्फबाट उदित राज उम्मेदार छन् ।

दक्षिण दिल्लीमा भाजपाका रामवीर सिंह बिधुडी र आम आदमी पार्टीका साही रामबीच प्रतिस्पर्धा छ । हाल बिधुडी २० हजार २०६ मतान्तरले अगाडि छन् ।

पश्चिम दिल्लीमा भाजपाका कमलजीत सेहरावत आम आदमी पार्टीका महाबल मिश्राभन्दा अगाडि छन् । सेहरावतले ३८ हजार ३९७ मतान्तरले अग्रता लिएका छन् । बीबीसी हिन्दी

 


Thali Mobile Pvt.Ltd.