भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

भारतले अतिक्रमण गरेको विवादित क्षेत्र समेटेर पाकिस्तानले पनि जारी गर्‍यो नयाँ नक्सा

भारतले अतिक्रमण गरेको विवादित क्षेत्र समेटेर पाकिस्तानले पनि जारी गर्‍यो नयाँ नक्सा

साउन २०७७ पाकिस्तान । प्रधानमन्त्री इमरान खानले छिमेकी भारतसँगका विवादित क्षेत्रहरू समेट्दै पाकिस्तानको नयाँ राजनीतिक नक्सा जारी गरेका छन् ।

नक्सामा हाल भारत प्रशासित जम्मू र कश्मीर क्षेत्र पाकिस्तानको भूभागमा समेटिएको छ । पाकिस्तानको नयाँ नक्सा दिल्लीले कश्मीरलाई दिइरहेको विशेष राजनीतिक र संवैधानिक हैसियत खारेज गरिदिएको पहिलो वार्षिकीको ठीक एक दिन अगाडि जारी गरिएको छ ।

पाकिस्तानको नयाँ नक्सामा भारतको गुजरात राज्यमा रहेका जुनागढ तथा सर क्रिक जस्ता भूभाग पनि समेटिएका छन् । नयाँ राजनीतिक नक्सा जारी गरेपछि पाकिस्तानी सरकारको उक्त निर्णयको सबै विपक्षी दल तथा कश्मीरी (पाकिस्तान प्रशासित कश्मीर) नेतृत्वले स्वागत गरेका छन् ।

गत वर्ष भारतले पनि उसको नयाँ नक्सा सार्वजनिक गरेको थियो जसमा पाकिस्तान प्रशासित कश्मीर तथा गिल्गीट(बल्टिस्तान क्षेत्र समेटिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.