राजधानीमा शक्तिशाली विष्फोट, ७० को मृत्यु, चार हजार घाइते

राजधानीमा शक्तिशाली विष्फोट, ७० को मृत्यु, चार हजार घाइते

२१ साउन २०७७ एजेन्सी । लेबननको राजधानी बेइरुतमा शक्तिशाली विष्फोट हुदा ७० भन्दा बढीले ज्यान गुमाएका छन् । चार हजार भन्दा बढी घाइते भएका छन् ।

गोदाममा राखिएको विष्फोटक पदार्थ विष्फोट भएको स्थानीय अधिकारीहरुले बताएका छन् । २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु गलत रहेको राष्ट्रपति मीसेल आउनले बताए । अमोनियम नाइट्रेटविष्फोटनले अस्पतालहरू भरिएका छन् भने कैयौँ भवनहरू ध्वस्त भएको संचारमाध्यमले जनाएका छन् ।

उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने प्रधानमन्त्री हासान डीयाबले बताए । सन् २०१४ देखि त्यहाँ विष्फोटक पदार्थ रहेको बताइएको छ । विस्फोटनको आवाज २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो । सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि उक्त ठूलोविष्फोटन भएको हो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.