भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ २ गते नेपाल भ्रमणमा आउने भएका छन् । बुद्ध पूर्णिमा अर्थात जेठ २ गते मोदी नेपाल भ्रमणमा आउने योजना बनाइरहेका छन् ।

सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् ।

एक महिना अघि मात्रै देउवाले भारतको औपचारिक भ्रमण गरेकाले मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय कुरा नहुने उल्लेख छ ।

मोदीको भ्रमणका लागि दुबै देशका अधिकारीहरूले व्यवस्था मिलाइरहेका छन्। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र मोदी संयुक्त रूपमा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुनेछन् ।

 


Thali Mobile Pvt.Ltd.