भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

एमाले ललितपुर महानगरमा ५९ बुँदे प्रतिबद्धता

एमाले ललितपुर महानगरमा ५९ बुँदे प्रतिबद्धता

ललितपुर । महानगरपालिकामा एमालेका तर्फबाट मेयरमा उम्मेदवारी दिएका हरिकृष्ण व्यञ्जनकारले ५९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

महानगर विकासका ५ स्तम्भ समेटेर व्यञ्जनकारको चुनावी प्रतिविद्धता सार्वजनिक गरेका हुन् । उनले महानगरीय अस्पताल र शिशु स्याहार केन्द्रदेखि द्वन्द्व व्यवस्थापन परामर्श केन्द्र सञ्चालन गर्ने उल्लेख छ ।

सार्वजनिक एवं सरकारी सम्पतिको अभिलेख संकलन, संरक्षण र व्यवस्थापन गरिने, पालिकाभित्र अस्थायी बसोबास गर्ने स्वदेशी तथा विदेशी नागरिकहरूको अनिवार्य रजिष्टेशन,सेवाहरुको विकेन्द्रीकरण नीतिदेखि

सहरी गरिबहरूका लागी विद्युत् एवं खानेपानीमा पहुँच समेत व्यञ्जनकारले आफ्नो प्रतिवद्धतापत्रमा समेटेका छन् ।पुँजी निर्माण र परिचालन,

वित्तीय साक्षरता कार्यक्रम र युवा उद्यमशीलतासँग सहकारी, प्रत्येक घरहरूमा घर नम्वरिङ गरी सेवा प्रवाह तथा सूचना प्रणालीलाई व्यवस्थित तुल्याइने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.