काठमाडौं । गुमनामजस्तै बनेको दाङको भालुवाङलाई प्रदेश ५ को स्थायी राजधानी बनाउने निर्णय नेकपाले गरेको छ । एकाएक राष्ट्रिय राजनीतिको चर्चामा आएपछि भालुवाङबासी खुसी भएका छन् ।स्थायी राजधानीका लागि धेरै पहिले दाङवासीले आन्दोलनमा उत्रिएका थिए । तर देउवा सरकारले बुटवललाइ अस्थायी राजधानी बनाएकाे थियाे ।
मुख्यमन्त्री शंकर पोखरेलले पद संग साटेकाे पनि चर्चा नभएकाे हाेइन । ‘भर्जिन ल्याण्ड’मा राजधानी बन्ने संकेत पहिले नै पाएका दाङबासीकाे भर्जिन ल्याण्ड दाङको राप्ती गाउँपालिकामा पर्ने भालुवाङबजारसहित पूर्वको अर्घाखाँचीको शीतगंगा नगरपालिका र उत्तरको प्युठानको केही भूभागलाई समेट्ने संकेत गरिएकाे छ ।
३१ बिघा भन्दा धेरै जग्गामा फैलिएको भालुवाङ बजारमा एक हजार एक सय बढी घरहरु बनेकाे राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीकाे भनाइ छ । भालुवाङवासी वर्षौंदेखि भोगचलन गर्दै आएकाले लालपूर्जा दिनुपर्ने माग गर्दै सिंहदरबार धाउने गरेका छन् । भले अइलानी जग्गा भएपनि राजधानी बन्ने लगभग पक्का भएकाे छ ।
