भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

भीम रावलको पीएचडी नक्कली: डा.बाबुराम भट्टराई

भीम रावलको पीएचडी नक्कली: डा.बाबुराम भट्टराई

काठमाडौं । डा. भीम रावलको पीएचडी नक्कली हो कि भन्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आशंका गरेका छन्। गएराति सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन्।

भट्टरईले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर रावलले गरेको दाबीप्रति आपत्ति जनाउँदै आशंका गरेका हुन्।

डा भट्टराईले लेखे, ‘यी कण भीम रावलले पीएचडी गरेको गरेको भनेर नाउँको अगाडि डा. पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ । गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’

रावलले एमसीसीको विषयमा लेखेको पत्रमा बाबुरामले गोप्य सम्झौता गरेको आरोप लगाएका थिए। आफूमाथि यस्तो आरोप लागेपछि भट्टराईले यस्तो आशंका व्यक्त गरेका हुन्।

 


Thali Mobile Pvt.Ltd.