जाजरकोट । भूकम्पमा परी १५७ जनाले ज्यान गुमाए छन् । ति मध्ये १२० जनाको शव आफन्तले बुझेका छन् । अब ३७ जनाको शव बुझाउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ । भूकम्पमा परी जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने १०६ जना घाइते भएका छन् ।
त्यसै गरी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् । त्यसै गरी दैलेखमा ३ जना, जुम्लामा ३ जना, सल्यानमा २ जना, प्युठानमा ३ जना, बैतडीमा घाइते ३, रोल्पा र दाङमा एक एक जना गरी जम्मा २५४ जना घाइते भएका छन् ।
भूकम्पका कारण भौतिक संरचनामा व्यापक क्षति भएको छ । सरकारले पीडितलाई लक्षित गरी विशेष राहत प्याकेजसहित आज राहत वितरण गर्ने तयारी गरिरहेको छ । यसैबीच जाजरकोट केन्द्र बनाएर बिहानै २ पटक गयो भूकम्प गएको छ ।
बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर आइतबार बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आइतबार बिहान १ः२२ बजे ४ रेक्टर स्केल र बिहान ४ः५३ बजे ३.८ रेक्टर स्केलको भूकम्प गएको छ ।
