भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

भृकुटीमण्डप खुल्ने भएपछि उपभाेक्ता खुसी…

भृकुटीमण्डप खुल्ने भएपछि उपभाेक्ता खुसी…

१० असार २०७७ काठमाडाैं । चैत ११ गतेदेखिको लकडाउनले देशैभरको जनजीवन थनथिलो बन्दै गएको छ । सरकारको दिएको निर्देशन पालना गर्दै नागरिकले सम्पूर्ण कार्य छोडेर घर भित्रै बसे । व्यवसायीले व्यापार व्यवसाय छोडे । उद्योग कलकारखाना बन्द गरिए । काठमाडौंका भृकुटीमण्डप लगायतका खुला बजार बन्द पनि गरिए ।

झण्डै तीन महिनापछि सरकारले असार १ गतेबाट लकडाउन खुकुलो बनाए जस्तो ग¥र्यो । लकडाउन खुकुलो भयो भन्न नपाउदै सरकारी तथा निजी कार्यालय, विभिन्न संघसंस्था, सबै खाले पसलहरु धमाधम खुल्न थालेका छन् । तर काठमाडौं भित्रका केहि चर्चा कमाएका हङकङ बजार, खुल्ला बजार, सस्तो बजार जस्ता उपमाले चिनिने भृकुटीमण्डपका केहि बजार अझै बन्द अवस्थामा नै छन् ।

यहाँ किनमेल गर्ने सर्वसाधारण मानिसको निकै भीड हुने हुनाले पनि कोरोनाका कारण यहाँका बजार सुनसान अवस्थामा नै छन् । लत्ता कपडा खरिद गर्ने प्रमुख थलो कै रुपमा चिनिने यो बजार कम आयश्रोत हुनेहरुका लागि व्यापारिक केन्द्र पनि हो ।

लकडाउन खुकुलो भएसँगै अन्य स्थानका सबै पसलहरु खुला गरिएकाले खुला बजारका व्यवसायीहरुले पनि सरोकारवाला निकायसँग छलफल गरेर मापदण्डको पालना गर्दै असार १५ गतेदेखि बजार खोल्ने निर्णय गरिएको छ । २०४९ सार्ल देखि बजार विस्तार गरिएको भएपनि व्यवस्थापनको पाटो भने कमजोर छ ।

बजारभित्र अव्यवस्थित टहरा र सांघुरो बाटोका कारण यहाँ सामान खरिद गर्ने सर्वसाधारणलाई असहजता हुने गरेको थियो । अव भने बजार खुल्ने कुराले स्थानीय उपभोक्ता खुसी हुने भएका छन् । स्वास्थ्यगत मापदण्ड पु¥याएर बजार खोल्दा सबैले सेवा पाउने थिए ।

 


Thali Mobile Pvt.Ltd.