१० असार २०७७ काठमाडाैं । चैत ११ गतेदेखिको लकडाउनले देशैभरको जनजीवन थनथिलो बन्दै गएको छ । सरकारको दिएको निर्देशन पालना गर्दै नागरिकले सम्पूर्ण कार्य छोडेर घर भित्रै बसे । व्यवसायीले व्यापार व्यवसाय छोडे । उद्योग कलकारखाना बन्द गरिए । काठमाडौंका भृकुटीमण्डप लगायतका खुला बजार बन्द पनि गरिए ।
झण्डै तीन महिनापछि सरकारले असार १ गतेबाट लकडाउन खुकुलो बनाए जस्तो ग¥र्यो । लकडाउन खुकुलो भयो भन्न नपाउदै सरकारी तथा निजी कार्यालय, विभिन्न संघसंस्था, सबै खाले पसलहरु धमाधम खुल्न थालेका छन् । तर काठमाडौं भित्रका केहि चर्चा कमाएका हङकङ बजार, खुल्ला बजार, सस्तो बजार जस्ता उपमाले चिनिने भृकुटीमण्डपका केहि बजार अझै बन्द अवस्थामा नै छन् ।
यहाँ किनमेल गर्ने सर्वसाधारण मानिसको निकै भीड हुने हुनाले पनि कोरोनाका कारण यहाँका बजार सुनसान अवस्थामा नै छन् । लत्ता कपडा खरिद गर्ने प्रमुख थलो कै रुपमा चिनिने यो बजार कम आयश्रोत हुनेहरुका लागि व्यापारिक केन्द्र पनि हो ।
लकडाउन खुकुलो भएसँगै अन्य स्थानका सबै पसलहरु खुला गरिएकाले खुला बजारका व्यवसायीहरुले पनि सरोकारवाला निकायसँग छलफल गरेर मापदण्डको पालना गर्दै असार १५ गतेदेखि बजार खोल्ने निर्णय गरिएको छ । २०४९ सार्ल देखि बजार विस्तार गरिएको भएपनि व्यवस्थापनको पाटो भने कमजोर छ ।
बजारभित्र अव्यवस्थित टहरा र सांघुरो बाटोका कारण यहाँ सामान खरिद गर्ने सर्वसाधारणलाई असहजता हुने गरेको थियो । अव भने बजार खुल्ने कुराले स्थानीय उपभोक्ता खुसी हुने भएका छन् । स्वास्थ्यगत मापदण्ड पु¥याएर बजार खोल्दा सबैले सेवा पाउने थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडाैं, २६ असार ।चीनबाट नेपाल प्रवेश गर्ने लेहेन्दे खोलामा आएको बाढीले रसुवा र नुवाकोटका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) अनुसार...
भक्तपुर, २६ असार । भक्तपुर नगरपालिकाकाे युवा तथा खेलकुद समितिको आयोजनामा भक्तपुर नगरपालिकाअन्तर्गत विभिन्न खेलकुद प्रशिक्षणमा सहभागी भई यस वर्षको एसईई परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका खेलाडीहरूलाई बधाई तथा मार्गदर्शन...
काठमाडौं, २५ असार । लोकप्रिय देउडा शैलीमा आधारित नयाँ गीत “लाली पाउडर लाया जसी” सार्वजनिक भएको छ। गायक रोशन टमट्टा र गायिका संगीत बडुवालको आवाजमा सजिएको गीतले सुदूरपश्चिमको सांस्कृतिक...
काठमाडौँ, २५ असार । बुढानिलकण्ठ नगरपालिका–६ मा मिति २०८२ असार २१ गते शनिबारका दिन निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। सेवा निवृत्त स्वास्थ्य कर्मचारी समाज नेपाल र एन्जल हेल्थ...