हेटौंडा । मकवानपुर प्रहरीले एक क्विन्टल गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका १ स्थित सडकखण्डमा ना २ ख ९८६२ नम्बरको ट्रकमा लोड गरिएको अवस्थामा एक क्विन्टल गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले ट्रकलाई रोकेर चेक गर्दा गाँजा बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रक चालक काभ्रेको महाभारत गाउँपालिका वडा नं ५ बस्ने ४९ वर्षीय आइते बहादुर ठाडामगर भिमफेदी गाउँपालिका ९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका १० बस्ने ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
