भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मतदान अधिकृतलाई तालिम

मतदान अधिकृतलाई तालिम

रुकुमपूर्व । रुकुमपूर्वमा यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । जिल्लामा ३५ मतदानस्थलको ४९ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन थालिएको हो ।मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटका अनुसार सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविको हलमा तालिम सञ्चालन भइरहेको छ । तालिममा कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षबारे जानकारी दिइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा तालिम दिइएको लवटले बताउनुभयो । मतपेटिका राख्ने ठाउँ, रुजु गर्नेलगायत मतदान कार्यलाई व्यवस्थित गर्ने तरिकाबारेमा सिकाइएको हो ।

मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको लवटले बताउनुभयो । निर्वचनमा खटिएर गइसकेपछि निष्पक्ष तरिकाले काम कसरी गर्ने भन्ने विषयमा समेत तालिम दिइएको छ । तालिमको सहजीकरण मुख्य निर्वाचन अधिकृत लवटसँगै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का, भूमे गाउँपालिकाका निर्वाचन अधिकृत विमलप्रसाद बराल, पुथाउत्तरगङ्गा गाउँपालिकाका निर्वाचन अधिकृत नारायणप्रसाद चापागार्इँ, जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीलगायतले गर्नुभएको छ । तीन गाउँपालिका रहेको जिल्लामा मतदाता सङ्ख्या ३३ हजार ५१८ छ । महिला मतदाता १६ हजार ६२४ र पुरुष मतदाता १६ हजार ८९४ रहेको जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.