भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

मधेश प्रदेशमा बल्ल ९ प्रतिशत रोपाइँ

मधेश प्रदेशमा बल्ल ९ प्रतिशत रोपाइँ

वीरगञ्ज । अन्नको भण्डार मानिएको मधेश प्रदेशका जिल्लामा यो वर्ष समयमा रोपाइँ हुन सकेको छैन। असारको तेस्रो साता बित्नै लाग्दा अहिलेसम्म मधेशमा करिब ९।५२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको छ। समयमा वर्षा नहुदाँ यो प्रदेशको ९०।४८ प्रतिशत खेत अझै बाँझो रहेको मधेश प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिझ धनुषाका निमित्त कमलदेव कुशवाहाले जानकारी दिए।

अहिलेसम्म मधेश प्रदेशमा सबैभन्दा बढी सप्तरी र सिरहामा १५र१५ प्रतिशत र सबैभन्दा कम रौतहट, धनुषा, महोत्तरीमा पाँच–पाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको निमित्त निर्देशक कुशवाहाले बताए। लामो समयदेखि वर्षा नहुँदा वैकल्पिक सिँचाइको प्रबन्ध मिलाएरै भए पनि किसान धान रोपाइँ गरिरहेको उनले बताए। उनका अनुसार सप्तरी र सिरहामा १५÷१५ प्रतिशत, सर्लाहीमा १२ प्रतिशत, बारामा १० प्रतिशत, पर्सामा छ प्रतिशत र धनुषा र बारामा ६०÷६० प्रतिशत, सिरहा र सर्लाहीमा ५५–५५ प्रतिशत, रौतटहमा ५० प्रतिशत मात्र रोपाइँ भएको छ। यस्तै महोत्तरीमा ४५ प्रतिशत र पर्सामा ४२ प्रतिशत मात्र धान रोपाइँ हुन सकेको छ।

पर्सामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ। त्यस्तै सप्तरीमा कुल ८१ हजार छ सय ६८ हेक्टर खेतीयोग्य जग्गामध्ये ६८ हजार हेक्टर क्षेत्रफलमा, सिरहामा कुल ७३ हजार ९१४ हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टरमा धान रोपाइँ हुने गरेको छ। त्यस्तै महोत्तरी जिल्लामा ६७ हजार ३५२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ५०० हेक्टरमा, बारामा ६२ हजार ८२३ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ४६ हजार २० हेक्टरमा, रौतहटको ५३ हजार ५२० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ३८ हजार १०० हेक्टरमा धान खेती हुने गरेको मन्त्रालयले जनाएको छ।

यस्तै धनुषामा ७६ हजार पाँच सय ३१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जग्गामध्ये ५९ हजार हेक्टरमा र सर्लाहीको ८४ हजार छ सय ७८ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ७०० हेक्टरमा धान रोपाइँ हुन्छ। हालसम्म सप्तरीमा १० हजार दुई सय हेक्टर, सिरहामा आठ हजार १०० हेक्टर, सर्लाहीमा पाँच हजार ५२० हेक्टर, बारामा चार हजार ६०० दुई हेक्टर, पर्सामा दुई हजार ८२८ हेक्टर, रौतहटमा एक हजार ७५० हेक्टर, धनुषामा दुई हजार ९०० र महोत्तरीमा दुई हजार ३७५ हेक्टर जग्गामा मात्र धान रोपाइँ हुन सकेको निमित्त निर्देशक कुशवाहाले जानकारी दिए।

समयमा वर्षा नहुनु, ढिलो गरी धानको बेर्ना तयार भएको, ढिलो गरी धान रोपाइँ गर्ने प्रवृत्तिलगायतका कारण अन्नको भण्डार मानिएको मधेश प्रदेशमा यस वर्ष निरासाजनक रूपमा धान रोपाइँ भएको उहाँले बताए। लामो समयदेखि वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन् भन्ने अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा छन्। एकातिर किसानले जेनतेन वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर धान रोपाइँ गरे पनि वर्षा नहुदाँ रोपाइँ सुक्न थोलेको छ।

‘पानी तान्ने मोटर लगाएरै करिब पाँच कठ्ठामा धान रोपाइँ गरेँ’, पर्साको बहुदरमाई नगरपालिका–५ का किसान नवलकिशोर साहले भने, ‘वर्षा ठयाप्पै रोकिएपछि अहिले एकातिर धान रोपाइँ गर्न पाएका छैनौँ भने अर्कोतिर रोपिएको धानसमेत सुक्न थालेको छ’, अब पनि केही दिन पानी नपरेर ठूलो खडेरीको मार खेप्नुपर्ने हुन्छ’, उनकोचिन्ता छ।

सिँचाइबाहेक मलखाद्य र कृषि मजदुरको आभावमा पनि बर्सेनी धानखेती प्रभावित हुँदै आएका छन्। एकातिर सिँचाइको अभाव अर्कोतिर आवश्यकताअनुसार कृषि मजदुर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको किसानको गुनासो छ।

यसरी सिँचाइ, मलखाद्य र मजदुरको आभावमा मधेश प्रदेशमा धान रोपाइँ प्रभावित हुँदा खडेरीको चिन्ता बढेको कृषिविज्ञको भनाइ छ। मधेश प्रदेशका जिल्लामा बर्सेनी भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ।

 


Thali Mobile Pvt.Ltd.