भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत | सीमाबाट ६ घण्टामा यसरी नारायणी पुग्यो बाढी |

काठमाण्डौ महानगरले निजी विद्यालयले दिने छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने

काठमाण्डौ महानगरले निजी विद्यालयले दिने छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने

काठमाण्डौ । चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि काठमाण्डौ महानगरपालिकाले आफैँले विद्यार्थी छनोट गर्ने भएको छ । महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिका लागि आफैँले विद्यार्थी छनोट गर्ने मेयर बालेन्द्र शाहले बताएका हुन ।

शिक्षा ऐन २०२८ र महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७८ लाई उद्धृत गर्दै मेयर शाहले सरकारी सरह तलब नदिए उजुरी गर्न निजी विद्यालयका शिक्षकहरुलाई आग्रह पनि गर्नु भएको थियो । तर, उहाँको यो निर्देशनप्रति निजी विद्यालय सञ्चालकहरुले असन्तुष्टि जनाइरहेका छन् । उनीहरुले यो निर्देशन कार्यान्वयन गर्न नसक्ने बताउँदै आएका छन् ।

परीक्षाबाट सामुदायिक विद्यालयमा अध्ययन गरेका, जेहेनदार, पिछडिएको क्षेत्र, आदिवासी जनजाति, गरिब आदि आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति पाउने विद्यार्थी छनोट गर्ने शाहले बताउनु भएको छ । उहाँका अनुसार यसरी छनोट गरेका विद्यार्थीलाई निजी विद्यालयहरुले छात्रवृत्तिमा पढाउनुपर्नेछ । यस अघि गएको बिहीवार मेयर बालेन्द्र शाहले निजी विद्यालयलाई सरकारी विद्यालयले सरह शिक्षकलाई तलब सुविधा दिन निर्देशन दिनु भएको थियो ।काठमाण्डौ महानगरले निजी विद्यालयले दिने छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने

 


Thali Mobile Pvt.Ltd.