भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र होः जापानी प्रधानमन्त्री किशिदा

मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र होः जापानी प्रधानमन्त्री किशिदा

टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र भएको बताएका छन् । प्रधानमन्त्री किशिदाले आफ्नो लिबरल डेमोक्र्याटिक पार्टी एलडीपी ले संसदीय उपनिर्वाचनमा पाँचमध्ये चार स्थानमा विजय हासिल गरेको एक दिनपछि सोमबार सञ्चारमाध्यमसँगको कुराकानीमा संसद्को तल्लो सदनलाई मध्यावधि निर्वाचनका लागि विघटन गर्नेबारे आफूले नसोचेको बताएका हुन् ।

“हामीले एकपछि अर्को गर्दै महत्त्वपूर्ण नीतिहरु अवलम्बन गर्नुपर्ने भएकाले म तत्कालका लागि विघटन र आम निर्वाचनको बारेमा सोचिरहेको छैन,” प्रधानमन्त्री कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै किशिदाले भने । उनले अर्को महिना हिरोशिमामा हुने विकशित राष्ट्रहरूको समूह जी–७ शिखर सम्मेलनपछि चुनाव गराउने योजना बनाइरहेको हुन सक्ने अनुमान गरिएको छ ।

आइतबार भएको संसदीय उपनिर्वाचनमा किशिदा नेतृत्वको सत्तारुढ एलडीपीले पाँचमध्ये चार सिट जितेको छ भने विपक्षी ‘जापान इनोभेसन पार्टी’ले एक सिट जितेको छ । एलडीपीले प्रतिनिधि सभा वा तल्लो सदनको तीन निर्वाचन क्षेत्र र माथिल्लो सदन हाउस अफ काउन्सिलरको एक निर्वाचन क्षेत्रमा विपक्षी दलका उम्मेदवारहरूलाई पराजित गरेको थियो ।

जापान इनोभेसन पार्टीले एलडीपीलाई पराजित गर्दै तल्लो सदनको आफ्नो सिट सुरक्षित गरेको छ भने प्रमुख विपक्षी कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टी अफ जापानले तीनवटै निर्वाचन क्षेत्रमा हार बेहोरेको छ ।

 


Thali Mobile Pvt.Ltd.