भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सम्झौता

मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सम्झौता

मोरंङ । प्रदेश नं १ सरकारअन्तर्गतको मोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेशनबीच सीपमूलक तालिम तथा स्रोत केन्द्र सञ्चालनका लागि सोमबार यहाँ सम्झौता गरिएको छ । विश्वविद्यालयअन्तर्गतको विराटनगर महानगरपालिका–१४ स्थित विराट साइन्स क्याम्पसको भवनमा विभिन्न सीपमूलक तालिम सञ्चालन गर्न पाँच वर्षका लागि सम्झौता भएको छ । सामाजिक विकासमन्त्री तथा मनमोहन प्राविधिक विश्वविद्यालयका सहकुलपति जीवन घिमिरे, बूढीगङ्गा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी, विश्वविद्यालयका प्रमुख सुवासश्री पोखरल, करुणा फाउण्डेशनका सहनिर्देशक योगेन्द्र गिरीलगायतको उपस्थितिमा सम्झौता गरिएको हो ।

सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनको सहकार्यमा अपाङ्गता पुनःस्थापनासम्बन्धी विभिन्न सीपमूलक तालिम र विश्वविद्यालयका सीपमूलक तालिम सञ्चालनका लागि आगामी २०८२ भदौ मसान्तसम्मका लागि सम्झौता गरिएको विश्वविद्यालयका प्रशासन प्रमुख मदन प्रधानले जानकारी दिनुभयो । सम्झौतामा विराट साइन्स क्याम्पसको भवनमा तालिम तथा स्रोत केन्द्र सञ्चालनका लागि आवश्यक मर्मतकार्यका लागि करुणा फाउण्डेशनले रु ५० लाख खर्च गर्ने भएको छ । विराट साइन्स क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन विश्वविद्यालयलाई गत भदौ ४ गते हस्तान्तरण गरिएको थियो ।

विराट साइन्स क्याम्पसका अध्यक्ष भूराज राईले करिब रु ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्रमुख पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो । सामाजिक विकासमन्त्री घिमिरेले मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न करिब एक वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीपमूलक तालिम तथा स्रोत केन्द्र सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालयअन्तर्गतका तालिम विराट साइन्स क्याम्पसको भवनबाट शुरु गरिने जानकारी दिनुभयो । रासस..

 


Thali Mobile Pvt.Ltd.