भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

मनोचिकित्सकको राष्ट्रिय सम्मेलन विराटनगरमा

मनोचिकित्सकको राष्ट्रिय सम्मेलन विराटनगरमा

मोरङ, । मानसिक रोगका कारण स्वास्थ्यमा आउने चुनौती र त्यसको निदान तथा उपचार सेवालाई थप प्रभावकारी बनाउन मनोचिकित्सकहरूको आठौँ राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ ।मनोचिकित्सक सङ्घ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रा डा नवराज कोइरालाले बिहीबार साँझ यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी कात्तिक ११ देखि १३ गतेसम्म हुने सम्मेलनमा स्वदेशसहित १८ विभिन्न राष्ट्रका गरी ३०० मनोचिकित्सकको सहभागिता रहने जानकारी दिए ।

उच्चतम आधुनिक तथा वैज्ञानिक ज्ञान र सीप आर्जन गरी मानसिक रोगीलाई छिटोछरितोरूपमा सेवा पु¥याउन सम्मेलनको मुख्य उद्देश्य रहेको छ । सम्मेलनमा सहभागी चिकित्सकबीच मानसिक स्वास्थ्यमा बहुपक्षीय साझेदारी तथा मानसिक स्वास्थ्यमा देखिने चुनौती र अवसरका विषयमा छलफल हुने संयोजक प्रा.डा. कोइरालाले बताए। सम्मेलनमा ३२ कार्यपत्र प्रस्तुत हुनाका साथै मानसिक स्वास्थ्यमा पत्रकारिताका विषयमा पत्रकारसँग तथा मानसिक स्वास्थ्यका विषयमा बनाइने नीति निर्माणमा कानुनविज्ञसँग सम्मेलनमा छलफल हुनेछ ।

सम्मेलनबाट आएका सुझावलाई बुँदागतरूपमा सरकारसमक्ष प्रस्तुत गरिने जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार विश्वका हरेक १०० व्यक्तिमध्ये १५ देखि २० जनामा मानसिक रोगको असर देखिने गरेको छ । विराटनगर अस्पताल तथा विराट चिकित्सक शिक्षण अस्पतालका निर्देशक डा ज्ञानेन्द्रमान सिंह कार्कीले सम्मेलनलाई सफल बनाउन सबैसँग आग्रह गर्नुभयो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.