काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्रिपरिषद् विस्तारको गृहकार्य चलिहँदा नेपाली मन्त्री बन्न सांसदहरूको दौडधुप चलेको छ ।
कांग्रेसभित्र नेता र गुट अनुसार ‘कोटा’मा मन्त्री बाँडफाँट गर्ने गृहकार्य भइरहेको छ भने अन्य दलमा पनि मन्त्री बन्न हानथाप चलिरहेको स्रोतले बतायो ।
शेरबहादुर देउवालाई संसदीय दलको नेतामा मत दिएका नेताहरू सभापति देउवाको धुम्बाराहीस्थित निवासमा धाइरहेका छन् भने इतर समूहका नेता डा. शेखर कोइराला निवास मण्डिखाटार र महामन्त्री गगन थापाको निवास रातोपुलमा पनि भीडभाड देखिएको छ ।
यस्तै, पूर्वमहामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंहमाथि पनि उनको ठमेलस्थित निवासबाट मन्त्रीका लागि दबाब छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग पनि केही सांसद मन्त्रीका लागि सिफारिस गरिदिन भन्दै धाइरहेका छन् ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई पनि मन्त्री बनाइदिन धाइरहेका छन् । ‘सभापतिदेखि महामन्त्री र पूर्वमहामन्त्रीको निवासमा कोटामा मन्त्री बनाइदिन भन्दै सांसदहरू धाइरहेका छन् । यता सरकारमा सात मन्त्री र एक राज्यमन्त्री काँग्रेसको भागमा लगभग सहमति बनिसकेको बुझिएको छ ।
यता सत्ता गठबन्धनका अन्य दलहरुमा पनि मन्त्री बन्नका लागि सांसदहरुको दौडधुप चलेको छ ।
