भर्खरै : Sorry, your browser does not support inline SVG.
इराकको कडा कदम : इरान समर्थक सशस्त्र समूहलाई सेप्टेम्बर ३० भित्र निशस्त्रीकरण गर्न निर्देशन | राहदानी छपाइ भ्रष्टाचार मुद्दा : महानिर्देशकसहित ५ जना धरौटीमा रिहा | आज र भोलि मनसुन सक्रिय, ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना | कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते, सबैलाई थप उपचारका लागि भैरहवा रिफर | म्याग्दीको ऐतिहासिक भंकासे स् जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल | अफगानिस्तानमा पाकिस्तानको सैन्य कारबाही, २९ जना मारिएको दाबी | दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित, क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा | कालो सिसा प्रयोग गर्ने ५७ सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा |

मन्त्री बन्ने चर्चामा कर्णालीबाट पार्वती विसुंखे

मन्त्री बन्ने चर्चामा कर्णालीबाट पार्वती विसुंखे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति गर्ने तयारी गरेसंगै कर्णालीबाट पार्वती विसुंखेको चर्चा चलेको छ ।

मन्त्री नियुक्तीमा ढिलाई गरेका प्रधानमन्त्री ओलीले अबको केहि दिनमै मन्त्रीमण्डललाई पूर्णता दिने तयारी थालेसंगै दलित समुदायलाई पनि समेटिने चर्चा वालुवाटार चलेको स्रोतले बतायो । पार्टीभित्रको विवादलाई समाधान गर्नपनि मन्त्री मण्डल बिस्तारमा केही हेरफेर गरिने स्रोतको दावी छ ।

शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको र एमालेका केही मन्त्रीहरुलाई हटाइएका कारण एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा ७ वटा मन्त्रालयहरु खाली छन् । खाली रहेका रक्षा, गृह, उद्योग, कृषि, सामान्य प्रशासन, वन र सञ्चार लगायतका महत्वपूर्ण मन्त्रालय छन् ।

 


Thali Mobile Pvt.Ltd.