भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

राष्ट्रिय आविष्कार केन्द्रलाई १० अक्सिजन सिलिण्डर सहयोग

राष्ट्रिय आविष्कार केन्द्रलाई १० अक्सिजन सिलिण्डर सहयोग

सउल । वाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लिटर क्षमताका १० वटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ । संस्थाका अध्यक्ष रविप्रताप घिसिङलगायतले मङ्गलबार आविष्कार केन्द्रमै पुगी उक्त सहयोग गरेका हुन् ।समाजका तर्फबाट दक्षिण कोरियामा रहेका नेपालीमाझ दुई हप्तासम्म सहयोग सङ्कलन अभियान चलाइएको थियो ।

दुई हप्ताको अवधिमा रु १९ लाख ५१ हजार कोरियन वन सङ्कलन भएको थियो । उक्त रकममध्येबाट १० वटा अक्सिजन सिलिण्डर खरिद गरिएको हो । राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट निमित्त प्रमुख किशोर रिमालले उक्त सामग्री स्वीकार गर्दै सहयोग गरेकामा दक्षिण कोरियाका नेपालीलाई धन्यवाद व्यक्त गर्नुभएको संस्थाका अध्यक्ष घिसिङले बताउनुभयो ।

सहयोग वितरण कार्यमा संस्थापक यदुकुमार गिरी, चित्रबहादुर मोक्तानलगायतको उपस्थिति थियो । अक्सिजन सिलिण्डर खरिदपश्चात बाँकी हुने रकम पनि कोरोनापीडितकै लागि खर्च गरिने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.