भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

महानगरपालिकाद्वारा बसन्तपुर दरबार क्षेत्रमा सवारी साधन निषेध

महानगरपालिकाद्वारा बसन्तपुर दरबार क्षेत्रमा सवारी साधन निषेध

काठमाडौं । बसन्तपुर दरबार क्षेत्रमा काठमाडौं महानगरपालिकाले सवारी साधन निषेध गरेको छ । बसन्तपुर हनुमानढोका क्षेत्रको मौलिकता र सौन्दर्य जोगाउन सवारी साधनको प्रवेश निषेध गरिएको महानगर प्रमुख बालेन साहले मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन ।

बसन्तपुर हनुमानढोका क्षेत्रमा दैनिक हजारौँ पर्यटकहरू आउने र अझै यो संख्या बढेर लाखौँ हुनसक्ने भएकाले प्रमुख पर्यटकीय सम्पदा क्षेत्रको वातावरण अक्षुण राखी विश्वलाई गौरवसाथ देखाउन सक्नुपर्ने मेयर शाहले उल्लेख गरेका छन् । काठमाडौं उपत्यका आफैंमा उत्कृष्ट कालीगढीको नमूना भएको र त्यसमाथि हनुमानढोका र वसन्तपुर क्षेत्र विशेष रहेको भन्दै मेयर साहले उक्त क्षेत्रको वातावरण शान्त र सुरम्य राख्नु सवैको दायित्व रहेको बताएका छन् ।

बसन्तपुर दरबार स्क्वायर क्षेत्र घुम्नको लागि मात्र नभएर धार्मिक स्थलको रुपमा पनि निक्कै प्रशिद्ध छ । यहाँ घुम्नका लागि दैनिक हजारौँको संख्यामा विदेशी पर्यटकहरु आउने गर्छ । काठमाडौं उपत्यका लगायत देशबाहिरका मानिसहरु पनि असन र न्यरोडमा सामान किन्न बसन्तपुर दरबार क्षेत्रको बाटो नै प्रयोग गर्ने भएकाले पनि यो क्षेत्रमा भिडभाड धेरै हुने गर्छ ।महानगरपालिकाद्वारा सवारी साधन निषेध

 


Thali Mobile Pvt.Ltd.