भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

मध्य नेपालका बासिन्दालाई सतर्कता अपनाउन सुझाव,तिनाउमा खतराको संकेत

मध्य नेपालका बासिन्दालाई सतर्कता अपनाउन सुझाव,तिनाउमा खतराको संकेत

काठमाडौं । अत्यधिक वर्षा भएकाले बाढी पूर्वानुमान महाशाखाले मध्य नेपालका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ। महाशाखाले खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु र दाङसहित आसपासका क्षेत्रमाका बासिन्दालाई सतर्कता अपनाउन अपिल गरेको हो ।

रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले खतराको जल सतह पार गरेपछि नदी आसपासका बस्तीका बासिन्दालाई सतर्क रहन अनिल गरिएको छ । निरन्तर वर्षा भएकाले नदीमा जलसतह उच्च भएपछि रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई सतर्कता अपनाउन निर्देशन दिएको हो । तिनाउमा बिहान पानीको सतह ७ दशमलव २२ मिटर पुगेको छ ।

तिनाउ नदीमा ५ दशमलव ६ मिटर जल सतहलाई खतराको विन्दु मानिएको छ । देशका अन्य स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा भारी र कतै अति भारी वर्षा भइरहेको छ । काठमाडौंमा पनि गएराति देखि नै वर्षा भइरहेको छ।

 

 


Thali Mobile Pvt.Ltd.