१६ असार २०७७ पर्वत । महिलाले हलो जोत्नु हुँदैन भन्ने मान्यतालाई तोड्न फलोवास नगरपालिकाकी उपमेयरले हलो जोतेर देखाएकी छन् । महिलाले हलो जोतेपछि अशुभ हुने भन्ने समाजलाई आँखा खोल्न चुनौती दिदै उनले महिला पुरुष बराबर भएकाले हलो जोतेको धारणा राखिन् ।
धान दिवस मनाउन सोमवार पर्वतको फलेवास नगरपालिका वडा नं. ७ चिर्दिखोला स्थित खेतमा उपप्रमुख मञ्जु अधिकारीले मजाले हलगोरु नारेर हलो जोतिरहदा किसानहरु दंग परेका थिए । १७ औं धान दिवसको अवसर पारेर फलेवास नगरपालिकाको आयोजना र कृषि ज्ञान केन्द्र पर्वतको समन्वयमा रोपाइ महोत्सव आयोजना गरिएको थियो ।
भौतीक दुरी कायम गर्दै धान रोप्न सहभागिहरुलाई उपप्रमुख अधिकारीले सूझाव समेत दिईन् । समाजको अन्धविश्वास तोड्न महिलाले उत्साह र सहजरुपमा पुरुषले गर्ने काम गरेर देखाउन आग्रह गरिन् । पुरुषले भन्दा महिलाले धेरै काम गर्न सक्छन् भन्ने मान्यतालाई कायम गर्न र महिलाहरु बहुआयामीक हुन्छन् भन्ने उदाहरण प्रस्तुत गर्न महिलालाई अनुरोध गरिन । पुरानो अन्धविश्वास र कुरिती हटाउन महिला अधिसर्नु पर्ने अधिकारीको भनाई छ । महामारीले कृषिक्षेत्रमा असर परेको भन्दै अधिकारीले आधुनिकीकरण र प्रविधिकरणमा जोड दिएर सरकार अघिबढ्नु पर्ने जिकिर गरिन ।
महामारीका कारण बिदेशबाट गाउँ फर्किएका युवाहरूलाई गाउँमै रोजगारी सृजना गर्न कृषि मार्फत जिविकोपार्जन र आयस्रोत बढाउन नगरपालिकाले विभिन्न कार्यक्रम संचालन गरेको जानकारी दिइन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान बल्क अन्तर्गत फलेवास नगरपालिकाको वडा नं. ४, ६, १० मा धान उत्पादन कार्यक्रम जारी रहेको छ । पर्वतमा हालसम्म २० प्रतिशत खेतमा रोपाई सम्पन्न भैसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, वैशाख १३ – हेटौँडाबाट ठिंगन हुँदै काठमाडौँ जोड्ने प्रमुख वैकल्पिक सडकमार्ग कान्ति लोकपथ वैशाख १८ गतेदेखि दैनिक ६ घण्टाका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका...
काठमाडौँ । देशका मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा आज पनि तातो लहर (हिट वेभ) कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्ला केही दिनदेखि ती क्षेत्रहरूमा अधिकतम तापक्रम...
भक्तपुर । भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको आयोजना गरेको अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा पत्रकारहरूले स्वास्थ्य र समुदायसँग सम्बन्धित विभिन्न मुद्दामा छलफल गर्दै, जनस्वास्थ्य क्षेत्रमा भएका...
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज तराई–मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी दिएको छ। लुम्बिनी प्रदेशका केही जिल्लामा तातो हावाको लहर चल्ने अनुमान गरिएको छ, जसले गर्मीलाई...