भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

माघी पर्वका लागि तरुल किन्नेको भीड

माघी पर्वका लागि तरुल किन्नेको भीड

डोटी । जिल्लामा माघी पर्व नजिकिएसँगै यहाँका सहर तथा गाउँघरका बजारमा तरुल, पिडालु सखरखण्डलगायत कन्दमुल किन्न मानिसको निकै भीड बढ्न थालेको छ ।यहाँका प्रमुख व्यापारी केन्द्र पिपल्ला, दिपायल, राजपुर, सिलगढी तथा अन्य बजार बुडर, गैरा, विपीनगरमा जङ्लमा पाइने तरुल किन्नेको निकै भीड लाग्न थालेको छ । माघी पर्वका लागि भन्दै जिल्ला बाहिर गएका पनि घर फर्किन थालेपछि यहाँ चहलपहल बढ्दै गएको हो ।
जिल्लामा अहिले जङ्गली तरुलको मूल्य ठाउँअनुसार प्रतिकिलो रु ८० देखि रु १०० सम्म पर्ने गरेको जोरायल गाउँपालिका–१ गैराकी भावना बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “माघ १ गते जङ्गली तरुल खानुपर्छ भन्ने धार्मिक मान्यताले किन्ने व्यक्तिको भीड बढेको हो, तरुलको मूल्य पनि एकाएक वृद्धि भएको छ ।”

कामका लागि भारतमा गएका पनि अहिले धमाधम आफ्ना घर फर्किन थालेका र उनीहरुसँगै कोरोना भाइरस पनि आउने क्रम बढेको भन्दै गाउँघरका तरुल व्यापारी तरुल लिएर बजारमा आउन कम गरेकाले सहर बजारमा जङ्गली तरुलको अभाव भएको देउवा तरकारी तथा फलफूल पसलका सञ्चालक ध्वजबहादुर देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्राहकले जङ्गली तरुल बढी खोज्छन्, कोरोना त्रासले गाउँबाट जङ्गली तरुल आएको छैन्, जङ्गली तरुल नपाउँदा घर करेसामै उत्पादन गरिएका तरुल बिक्री गर्दै आएका छौँ, माग बमोजिम त्यही पनि पुग्दैन ।” देउजाका अनुसार अहिले दिपायल, राजपुर तथा पिपल्ला बजारमा मात्रै दैनिक कम्तीमा पनि एक क्विण्टल घरेलु तरुल बिक्री हुँदै आएको छ ।

कोरोना महामारीको त्रासले यहाँका बजारमा पहिलेको वर्षजस्तो तरुल व्यापार भने नभएको सम्बद्ध व्यापारीको भनाइ थियो । गाउँबाट जङ्गली तरुल नआएका कारण यहाँका गाउँघरमा उत्पादन गरिएका घरेलु तरुलको मूल्य बढेको दिपायल राजपुरका चक्रबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँबाट जङ्गली तरुल आउन छोड्यो, घरेलु तरुलको पनि मूल्य बढेको र मुस्किलले पाउन थालेको छ, पहिले रु ४० मा पाउने घरेलु तरुल अहिले एकाएक रु १०० भयो ।”

 


Thali Mobile Pvt.Ltd.