‘मानवअधिकार संरक्षण’ सम्मेलन काठमाडाैमा

‘मानवअधिकार संरक्षण’ सम्मेलन काठमाडाैमा image

काठमाडौंमा हुने ‘आप्रवासी कामदारहरुको मानवअधिकार संरक्षण’ विषयक अन्तराष्ट्रिय सम्मेलनको सबै तयारी पूरा भएको छ । राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी तयारी पुरा भएकाे जनाएकाे हाे । सम्मेलनमा मानवअधिकारका लागि विश्वव्यापी सञ्जालका प्रमुख, केन्या, मलेसिया, माल्दिभ्स, मंगोलिया, दक्षिण अफ्रिकाका मानवअधिकार आयोगका प्रमुखहरु उपस्थित हुने जनाएको छ ।

सम्मेलनमा कतारका मानवअधिकार आयोगका उपाध्यक्ष, बंगलादेश, भारत, थाइल्यान्डलगायतका देशका मानवअधिकार संस्थाका आयुक्तहरु, सरकारी, गैरसरकारी निकाय, नागरिक समाजलगायतका ६२ जना अन्तराष्ट्रिय प्रतिनिधिहरु सहभागी हुने आयोगका सदस्य सुदीप पाठकले जानकारी दिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालयलगायत विभिन्न सरकारी निकाय, वैदेशिक रोजगार व्यवसायी संघ तथा विज्ञहरुसहित ४५ जना राष्ट्रिय प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने पाठकले बताए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.