भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

भान्टा र आरुमाथि फेसबुकले लगायाे राेक

भान्टा र आरुमाथि फेसबुकले लगायाे राेक

फेसबुक तथा इन्स्टाग्रामले सामाजिक मर्यादा सम्बन्धी आफ्नो मापदण्डमा परिवर्तन गर्दै भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको छ । यो सँगै अब फेसबुक र इन्स्टाग्राममा भान्टा अर्थात् एगप्लान्ट र आरुको इमोजी प्रयोग गर्न पाइने छैन ।

भान्टा तथा आरुको आकारले अश्लीलता प्रवर्द्धन गरेको ठहर सहित फेसबुकले यस्तो कदम चालेको हो । पछिल्लो मापदण्डमा फेसबुक र इन्स्टाग्रामले सामान्यरुपमा प्रयोग गरिने यौनिक सेक्सुअल इमोजी वा इमोजी स्ट्रिग्समाथि प्रतिबन्ध लगाएको छ ।

न्यूज पोर्टल एक्स बिजका अनुसार फेसबुक तथा इन्स्टाग्रामले पछिल्लो कदमसँगै यौनकर्मीहरुलाई लक्षित गरिरहेको छ र आफ्नो प्लाटर्फमलाई यस्ता सामाग्रीबाट मुक्त गर्न चाहन्छ । कतिपय इमोजीहरुलाई प्रतीकात्मकरुपले सेक्सुअल प्रतिनिधित्वका लागि प्रयोग गर्ने गरिएकोमा पोर्न विरोधी नीतिलाई मजबुत गर्ने क्रममा फेसबुकले यस्ता इमोजीमाथि प्रतिबन्ध लगाएको बताइएको हाे ।

 


Thali Mobile Pvt.Ltd.