मानव तस्करीलाई कडा सजाय दिऔंः डा. कोइराला

मानव तस्करीलाई कडा सजाय दिऔंः डा. कोइराला

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगीमा संलग्नलाई कानुनी कठघरामा ल्याउनुपर्ने कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन् ।

प्रहरीले अनुसन्धानकाक्रममा कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतका व्यक्ति पक्राउ गरेपछि कोइरालाले जुनसुकै तहमा भएपनि कानुनको कठघरामा ल्याउन र कडाभन्दा कडा सजाय दिन अनुरोध गरेका हुन ।

मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको टिप्पणी गर्दै भने, ‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौं ।

राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ।’ एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार रहेका छन् भने एमालेले अनुसन्धानमा सहयोग पुगोस् भनेर निलम्बनसमेत गरेको छ ।

ठगी घटनामा प्रहरीले अनुसन्धान गरिरहेको समयमा कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पनि फरार भएका छन्। हिरासतमा रहेका पूर्वगृहमन्त्री खाण र बिचौलियाहरूबीच उनले मध्यस्थकर्ताको भूमिका खेल्न खोजेपछि प्रहरीले उनीमाथि निगरानी बढाएको छ ।

 


Thali Mobile Pvt.Ltd.