भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मानव स्वास्थ्यमा कालोबजारी गर्ने दुई अस्पताल कारवाहीमा

मानव स्वास्थ्यमा कालोबजारी गर्ने दुई अस्पताल कारवाहीमा

काठमाडौं । सरकारले निर्धारण गरेकोभन्दा बढी पीसीआर शुल्क असुलेका कारण भरतपुर क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई प्रशासनले कारबाही गरेको छ ।

पीसीआर गरेको दुई हजार रुपैयाँ शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै ती अस्पतालले बढी शुल्क लिएकोले दुई अस्पताललाई कारबाही गरेको हो । प्रमाणसहित गुनासो आएपछि अनुसन्धान गरेर प्रशासनले मानवस्वास्थ्य माथि खेलवाडमा दोषी देखिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजका सञ्चालकहरूसँग बयान लिएको थियो ।

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमलाई थप अनुसन्धानका लागि पुर्पक्षमा राख्न आदेश दिएको थियो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको आदेशसँगै गौतम रु आठ लाख धरौटी राखेर तारेखमा रिहा भएको शर्माले बताए ।

 


Thali Mobile Pvt.Ltd.