भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित २२ मासु पसलको अनुगमन

हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित २२ मासु पसलको अनुगमन

कर्णाली ।  सिमकोट गाउँपालिका पशु सेवा शाखाद्वारा हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित २२ मासु पसल र एक एग्रोभेटको अनुगमन गरिएको छ । अनुगमनका क्रममा एक मासु पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको र सात दिनभित्र दर्ता गर्न म्याद दिएको, यदि यो समयावधिमा दर्ता नभएको खण्डमा पसल बन्द गर्ने निर्णय भएको सिमकोट गाउँपालिका पशु सेवा शाखामा कार्यरत नायब पशु स्वास्थ्य प्राविधिक विष्णु बुमीले जानकारी दिनुभयो । दुई मासु पसलमा बिग्रिएको मासु भेटिएकाले उनीहरुलाई एकपटक सुध्रिने मौका दिएको र बिग्रिएको मासु बरामद गरी नष्ट गरिएको छ ।

यस्तै तीन नवीकरण नभएको, चार साइनबोर्ड नभएको र सात मासु पसलमा मूल्यसूची नभएको पाइएको पशु सेवा शाखामा कार्यरत नायब पशु स्वास्थ्य प्राविधिक बुमीले जानकारी दिनुभयो । यी मासु पसल सञ्चालकलाई एक हप्ताभित्र सम्पूर्ण कागजात जुटाएर पसल सञ्चालन गर्न निर्देशन दिइएको छ । सिमकोटमा सञ्चालित एक मात्र एग्रोभेट अनुगमनका क्रममा राम्रो रहेको छ । अधिकांश मासु पसल अत्यन्तै फोहर र बासी कुहिएको मासु बिक्री तथा बधस्थल अधिकांश फोहर रहेको गुनासो आउन थालेपछि अनुगमन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

अनुगमनमा सम्बन्धित मासु पसल सञ्चालकलाई ढक, तराजु नापतौल विभागमा नवीकरण गर्न, एप्रोन सफा हुनुका साथै मास्कको प्रयोग गर्न, मासु झिङ्गाले नभन्किने गरी जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजार, भाँडावर्तन सफा राख्न, मूल्यसूची राख्न र म्याद नाघेको मिति स्पष्ट देखिने गरी राख्न निर्देशन दिएको सिमकोट गाउँपालिका पशु सेवा शाखाका संयोजक महेन्द्रबहादुर शाहीले बताउनुभयो । ‘स्वच्छ मासु खाऔँ, स्वस्थ बनौँ’ भन्ने गाउँपालिकाको नारा रहेको संयोजक शाहीले बताउनुभयो । नेपालगञ्ज र सुर्खेतबाट आउने मासु जाँचका लागि भोलिदेखि सिमकोट विमानस्थलमा पशु सेवा शाखामा कार्यरत नायब पशु स्वास्थ्य प्राविधिक बुमी विमानस्थलमा बस्ने जानकारी पनि सो अवसरमा दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.