भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित २२ मासु पसलको अनुगमन

हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित २२ मासु पसलको अनुगमन

कर्णाली ।  सिमकोट गाउँपालिका पशु सेवा शाखाद्वारा हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित २२ मासु पसल र एक एग्रोभेटको अनुगमन गरिएको छ । अनुगमनका क्रममा एक मासु पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको र सात दिनभित्र दर्ता गर्न म्याद दिएको, यदि यो समयावधिमा दर्ता नभएको खण्डमा पसल बन्द गर्ने निर्णय भएको सिमकोट गाउँपालिका पशु सेवा शाखामा कार्यरत नायब पशु स्वास्थ्य प्राविधिक विष्णु बुमीले जानकारी दिनुभयो । दुई मासु पसलमा बिग्रिएको मासु भेटिएकाले उनीहरुलाई एकपटक सुध्रिने मौका दिएको र बिग्रिएको मासु बरामद गरी नष्ट गरिएको छ ।

यस्तै तीन नवीकरण नभएको, चार साइनबोर्ड नभएको र सात मासु पसलमा मूल्यसूची नभएको पाइएको पशु सेवा शाखामा कार्यरत नायब पशु स्वास्थ्य प्राविधिक बुमीले जानकारी दिनुभयो । यी मासु पसल सञ्चालकलाई एक हप्ताभित्र सम्पूर्ण कागजात जुटाएर पसल सञ्चालन गर्न निर्देशन दिइएको छ । सिमकोटमा सञ्चालित एक मात्र एग्रोभेट अनुगमनका क्रममा राम्रो रहेको छ । अधिकांश मासु पसल अत्यन्तै फोहर र बासी कुहिएको मासु बिक्री तथा बधस्थल अधिकांश फोहर रहेको गुनासो आउन थालेपछि अनुगमन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

अनुगमनमा सम्बन्धित मासु पसल सञ्चालकलाई ढक, तराजु नापतौल विभागमा नवीकरण गर्न, एप्रोन सफा हुनुका साथै मास्कको प्रयोग गर्न, मासु झिङ्गाले नभन्किने गरी जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजार, भाँडावर्तन सफा राख्न, मूल्यसूची राख्न र म्याद नाघेको मिति स्पष्ट देखिने गरी राख्न निर्देशन दिएको सिमकोट गाउँपालिका पशु सेवा शाखाका संयोजक महेन्द्रबहादुर शाहीले बताउनुभयो । ‘स्वच्छ मासु खाऔँ, स्वस्थ बनौँ’ भन्ने गाउँपालिकाको नारा रहेको संयोजक शाहीले बताउनुभयो । नेपालगञ्ज र सुर्खेतबाट आउने मासु जाँचका लागि भोलिदेखि सिमकोट विमानस्थलमा पशु सेवा शाखामा कार्यरत नायब पशु स्वास्थ्य प्राविधिक बुमी विमानस्थलमा बस्ने जानकारी पनि सो अवसरमा दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.