भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

मिड सोलु जलविद्युतले थाल्यो परीक्षण उत्पादन

मिड सोलु जलविद्युतले थाल्यो परीक्षण उत्पादन

सोलुखुम्बु । सोलुखोलामा निर्माण सम्पन्न मध्य सोलुखोला जलविद्युत् आयोजनाले विद्युत् परीक्षण उत्पादन सुरु गरेको छ ।उपकरण परीक्षणको काम सफल भएपछि नेपाल विद्युत् प्राधिकरणले निरीक्षण गरेपश्चात गएको आइतवारबाट परीक्षण उत्पादन थालेको हो ।

अहिले आयोजनाले ४ मेगावाट विद्युत् उत्पादन गरिरहेको कम्पनीका इलेक्ट्रिकल इञ्जिनियर एवम् प्लाट इञ्चार्ज अनिश खड्काले बताए । १५ दिनसम्म परीक्षण गरेपश्चात् विद्युत बिक्रीका लागि उत्पादन थाल्ने मिड सोलु हाइड्रो पावर लिमिटेडका निर्देशक माधव मैनालीले बताए ।

९ दशमलव ५ मेगावाट क्षमताको आयोजनाले हिउँद सिजनमा ५ मेगावाट मात्रै विद्युत् उत्पादन गर्न सक्ने निर्देशक मैनालीले बताए । २०७७ असोजमा निर्माण सुरु भएको १३२ केभी प्रसारण लाइन आयोजनाको पावर हाउसदेखि खोरिया हुँदै सोलु कोरिडोरको सबस्टेशन तिङ्लामा जोडिएको छ ।

दुई वर्षमै निर्माण सम्पन्न भएको अयोजनाको विद्युत् गृह सोलुदूधकुण्ड नगरपालिका ६ दोर्पुमा रहेको छ । परियोजनाको निर्माण लागत करिब २ अर्ब रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.