भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

मिल्यो उपमहानगर भागबण्डा, कसले कति पाए ?

मिल्यो उपमहानगर भागबण्डा, कसले कति पाए ?

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय चुनावमा उपमहानगरको भागबण्डा सत्ता गठबन्धनले टुंग्याएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उपमहानगरको भागबण्डा पनि टुंगो लगाएको हो ।

११ उपमहानगरमाध्ये कांग्रेसलाई सात, माओवादीलाई दुई, एकीकृत समाजवादी र जनता समाजवादीलाई एक–एक मेयर दिने सहमति भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

कसलाई कहाँ प¥यो ?

कांग्रेसः धरान, इटहरी, कलैया, तुलसीपुर, बुटवल, नेपालगञ्ज र धनगढी उपमहानगर दिने सहमति भएको छ ।
माओवादी केन्द्रः जितपुर सिमरा र घोराही उपमहानगरपालिका प्रमुख दिने समहमति भएको छ ।

एकीकृत समाजवादीः हेटौंडा उपमहानगरपालिका प्रमुख दिने समहमति भएको छ ।
जनता समाजवादीः जनकपुर उपमहानगरपालिका प्रमुख दिने समहमति भएको छ ।

महानगरको सिट बाँडफाड भने गठबन्धनले मंगलबार नै टुंगो लगाएको थियो । काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले पाएको छ भने माओवादीले भरतपुर, नेकपा (एकीकृत समाजवादी) ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.