भर्खरै : Sorry, your browser does not support inline SVG.
पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब | स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी | फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान, गाँजा सेवन गरेका ३ डुङ्गा चालक पक्राउ | बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना | पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह |

भागन्डामा सैदान्तिक सहमति गरेको गठबन्धनले गर्लात व्यवहारिक कार्यान्वयन ?

भागन्डामा सैदान्तिक सहमति गरेको गठबन्धनले गर्लात व्यवहारिक कार्यान्वयन ?

काठमाडौं । महानगर र उपमहानगरपालिकामा भागबन्डा गरेका पाँच दलिय गठबन्धनका दलहरुले सहजै कार्यान्वय गर्लान भन्नेमा कार्यकर्ता ससंकित बनेका छन् ।

कांग्रेस भित्र अन्तरकलह र गठबन्धनका अन्य सहयात्री दलभित्रको आन्तरिक असन्तुष्टिले पनि चुनौती थपेको सतहमा देखिन्छ । सिट बाँडफाँडपछि जिल्लाहरूमा तरंग पैदा भएको देखिन्छ भने कतै कतै विरोधका स्वरहरु पनि उठ्न थालेका छन् ।

देशैभर सिट बाँडफाँड गर्दा जनमोर्चाले भने महानगर र उपमहानगरमा मेयर–उपमेयरको भाग पाएन तर पनि उ सन्तुष्ट नै छ । उता एमाले र राप्रपाले तालमेल गर्ने भनेको पनि टुङ्गो लाग्न सकेको छैन ।

गठबन्धनले मेयर–उपमेयरमा बाँडफाँड टुंग्याए पनि अनुकूलको नतिजा निकाल्न भने चुनौती देखिएको छ । गठबन्धनले एमालेलाई पाखा लगाउने दाउमा रहेको देखिन्छ भने एमाले एक्लैले बहुमत ल्याउने दावी गरिरहेको छ ।

अहिले कांग्रेस खाटी कम्युनिष्ट बनेको देखिन्छ भने अन्य कम्युनिष्ट भन्नेहरु खाठी काँग्रेस भएको देखिन्छ भनेर कार्यकर्ताले अभिव्यक्ति दिन थालेका छन् ।

बुधबार बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले ६ महानगर र ११ उपमहानगरमा मेयर र उपमेयर पदको बाँडफाँड गरेका बेला यो कुराको पनि चर्चा चलेको बैठकमा सहभागि एक नेताले बताए ।

 


Thali Mobile Pvt.Ltd.