भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

मिस नेवाःका प्रतियोगिलाई भिलेज हाइल्याण्ड रिर्सोटमा भव्य स्वागत

मिस नेवाःका प्रतियोगिलाई भिलेज हाइल्याण्ड रिर्सोटमा भव्य स्वागत

रक्तिम दैलेखी/काठमाडौं । नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिताका प्रतियोगि नेवार सुन्दरीहरुलाई भिलेज हाइल्याण्ड रिर्सोट भक्तपुरमा स्वागत गरिएको छ । होटल संचालक तथा पर्यटन व्यवसायी एवं नेपाल पर्यटन बोर्ड बागमती प्रदेशका आन्तरिक पर्यटन पुनरुत्थान समिति सदस्य रामसुन्दर बकेले नेवारी कल्चर झल्काएको भन्दै उनीहरुलाई भादगाउँले टोपीसहित मंगलबार स्वागत गरेका हुन ।miss newa

१५ औं संस्करणका प्रतियोगि नेवा सुन्दरीहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्दै नेवार समुदायको पहिचान झल्काएको भन्दै होटल भिलेज हाईल्याण्ड रिर्सोटमा भव्य स्वागत गरिएको हो । मिस नेवाः नेपाल ट्यालेन्ट शोका १५ जना सुन्दरी र पूर्व मिस नेवा सुन्दरीहरुको सहभागिता रहेको स्वागत कार्यक्रममा आयोजकको पनि उपस्थिति रहेको थियो ।

प्रतियोगिताको ग्रान्डफिनाले भने आगामि फागुन ७ गते नेपाल एकेडेमी हलमा हुने नेपाल क्योकुशिन सेइसिन काइकान कराँते संघका अध्यक्ष तथा नेपाल प्रमूख सिहान अशोककुमार श्रेष्ठ कैलाश खबरलाई बताए ।

 


Thali Mobile Pvt.Ltd.