भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मुख्यमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवस मनाउन मूल समारोह समिति गठन

मुख्यमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवस मनाउन मूल समारोह समिति गठन

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यरूपले मनाउन प्रदेशस्तरीय मूल समारोह समिति आज यहाँ गठन गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको छलफलमा आगामी फागुन ६, ७ र ८ गते तीन दिन दीपावली, सरसफाइ, प्रभातफेरी र फलफूल वितरण गरिने निर्णय भएको छ ।

मूल समारोह समितिले फागुन ६ गते सरकारी कार्यालय तथा नगरको सरसफाइ एवं साँझ दीपावली, ७ गते बिहान ७ बजे ट्राफिक चोकमा भेला भई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी, साँझ दीपावली र ८ गते कोशी अस्पताल, वृद्धाश्रम र अनाथाश्रममा फलफूल वितरण तथा साँझ दीपावली गर्ने कार्यक्रम गर्ने निर्णय गरेको छ ।

सो अवसरमा मुुख्यमन्त्री राईले प्रजातन्त्र दिवसमा सबैलाई सहभागी हुुन आग्रह गर्दै प्रजातन्त्र प्राप्त भएको ऐतिहासिक दिन भएकाले यसको विशेष महत्व रहेको बताउनुभयो । उहाँले विगतमा परम्परागत रुपमा मनाउँदै आएको यो दिवस यसपल्ट भव्य र नयाँ ढङ्गले हर्षोल्लासका साथ मनाउने जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान अवस्थामा प्रजातन्त्र दिवसको महत्व बढेर गएको बताउनुुभयो । नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले फागुन ७ गते नेपालमा ठूलो परिवर्तन आएकाले धुमधामका साथ मनाउन सबैसँग आग्रह गर्नुभयो । आन्तरिक तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको अध्यक्षतामा २० सदस्यीय समारोह व्यवस्थापन उपसमितिसमेत गठन गरिएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.