भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वास प्रस्तावमा छलफल नहुँने

मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वास प्रस्तावमा छलफल नहुँने

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वास प्रस्तावमा आज पनि छलफल नहुने भएको छ । बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ ।

विशेष कारण भन्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।आजको बैठकमा पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने र केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने कार्यसूची रहेको थियो ।

प्रदेशसभाको बैठक आजका लागि बोलाएको थियो । केपी शर्मा ओली निकट मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–माधव पक्षका ४५ जना प्रदेशसभा सदस्यहरुले गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्ताव छल्न विना कारण बैठक स्थगित गरिएको भन्दै प्रचण्ड–माधव पक्षले नारावाजीसमेत गरेका थिए । पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएसँगै विभाजित नेकपामा प्रचण्ड–माधव पक्षको बहुमत रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.