भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वास प्रस्तावमा छलफल नहुँने

मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वास प्रस्तावमा छलफल नहुँने

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वास प्रस्तावमा आज पनि छलफल नहुने भएको छ । बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ ।

विशेष कारण भन्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।आजको बैठकमा पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने र केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने कार्यसूची रहेको थियो ।

प्रदेशसभाको बैठक आजका लागि बोलाएको थियो । केपी शर्मा ओली निकट मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–माधव पक्षका ४५ जना प्रदेशसभा सदस्यहरुले गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्ताव छल्न विना कारण बैठक स्थगित गरिएको भन्दै प्रचण्ड–माधव पक्षले नारावाजीसमेत गरेका थिए । पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएसँगै विभाजित नेकपामा प्रचण्ड–माधव पक्षको बहुमत रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.